• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

लोकतन्त्र पक्षधर दल मिलेर प्रतिगामी शक्तिलाई परास्त गरौँ : शर्मा


  •   शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
  • तमघास । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले लोकतन्त्र पक्षधर शक्तिहरू मिलेर प्रतिगामी शक्तिलाई परास्त गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    Advertisement

    समानुपातिक उम्मेदवारको पक्षमा राजमो केन्द्रीय समितिद्वारा परिचालिन अभियान टोलीले गुल्मी कालिगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट बजारमा २०७९ कात्तिक २५ गते आयोजित सभामा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै शर्माले यस्तो भनाइ राख्नुभएको हो ।

    सम्बोधनको क्रममा केन्द्रीय उपाध्यक्ष शर्माले ओलीको नेतृत्वमा भएको प्रतिगमनलाई २०१७ सालको कू जस्तै भएको धारणा राख्नुभयो ।

    ‘२०१७ सालको प्रतिगमन दलमाझको विवादलाई राजाले उपयोग गरेका कारणले भएको थियो’ उहाँले भन्नुभयो– ‘ओलीको नेतृत्वमा २०७७ सालमा भएको प्रतिगमन पनि दलमाझको विवादले गर्दा भएको हो ।’

    उहाँले निष्कर्ष निकाल्नुभयो– ‘फरक यत्ति हो : त्यतिखेरको प्रतिगमन राजाले गरेका थिए, अहिलेको प्रतिगमन जनआन्दोलनकै एउटा सहयात्री दलको प्रमुखले गरे ।’

    उहाँले २०१७ सालको प्रतिगमनलाई सच्याउन ३० वर्ष लागेको भन्दै अहिले लोकतन्त्र पक्षधर दलको सजगताले गर्दा प्रतिगमन केही महिनामै सच्चिएको बताउनुभयो ।

    ‘२०१७ सालको प्रतिगमनलाई सच्याउन ३० वर्ष लागेको थियो’ उहाँले भन्नुभयो– ‘तर अहिलेको प्रतिगमन वाम–लोकतान्त्रिक दलको सतर्कताका कारण केही महिनामै सच्चियो ।’

    ‘तर प्रतिगामी शक्तिहरू अहिले पनि आफ्नो त्यो कदमलाई सही सावित गर्ने प्रयास गर्दै छन् । आफ्नो निरङ्कुशतालाई सही सावित गर्न संविधान संशोधन गर्ने प्रयास गर्दै छन्’ उपाध्यक्ष शर्माले भन्नुभयो ।

    उहाँले कुनै पनि प्रकारको प्रतिगमनलाई लोकतन्त्र पक्षधर दलहरू मिलेर पराजित गर्नुपर्ने बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले देशको लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि सबैले राजमोका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘यदि तपाईं देशमा लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा चाहनुहुन्छ भने राजमोका समानुपातिक उम्मेदवारलाई भोट दिनुपर्दछ ।’

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशमा राजमोकी समानुपातिक उम्मेदवार तारा थापा, राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्री, प्रतिनिधि सभामा राजमोकी समानुपातिक उम्मेदवार उषा थापा, नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवर र राजमो गुल्मीका सदस्य मित्रलाल त्रामुले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, राजमो सत्यवतीकी हिरा त्रामु र नेत्र राना, अखिल (छैठौं) गुल्मी–रुपन्देही सम्पर्क समितिका सदस्य गङ्गा गिरी, गुल्मी रुपन्देही सम्पर्क समाजका सचिव क्षितिज क्षेत्री, राजमो १ नं. वडाका अध्यक्ष माया कुँवर, राजमो २ नं. वडाका अध्यक्ष खेम पुन, राजमो ३ नं. वडाका अध्यक्ष बेलमाया श्रीस, राजमो ४ नं. वडाका अध्यक्ष सूर्य क्षेत्री, राजमो ५ नं. वडाका अध्यक्ष मिथिन बलाल, राजमो ६ नं. वडाका अध्यक्ष चित्रबहादुर थापा र राजमो ७ नं. वडाका अध्यक्ष विनोद गिरीको आतिथ्य रहेको थियो ।

    राजमो पालिका अध्यक्ष गङ्गा केसीको अध्यक्षता तथा प्रगतिशील पत्रकार सङ्घ गुल्मीका हरि केसीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमो पालिका सचिव घनश्याम ढकालले स्वागत गर्नुभएको थियो ।

    शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.