दिनेस रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चा दाङले समानुपातिक निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट माग्न थालेको अभियानलाई जारी राखेको छ।
Advertisement
अभियान अन्तर्गत राजमोले बिहीबार बबई गाउँपालिका वडा नं ५ हापुरेमा र तुलसीपुर बसपार्कमा कार्यक्रम गरेको छ ।
हापुरेमा आयोजित कार्यक्रममा समानुपातिक उम्मेदवार दुर्गा बहादुर केसी र राजमो नेता दयाराम गौतमले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन अखिल नेपाल युवक संघ पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले गर्नु भएको थियो।
यस्तै, तुलसीपुर बसपार्कमा आयोजित कार्यक्रमलाई समानुपातिक उम्मेदवार केशरी आचार्य, नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारी र मूल प्रवाह अखिल नेपाल भारत एकता समाजका केन्द्रीय सदस्य तिलक पौडेलले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन नारायण भण्डारीले गर्नु भएको थियो।
