बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देही क्षेत्र नं. ३ को समानुपातिक निर्वाचनलाई व्यवस्थापन गर्न २०७९ कात्तिक १९ गतेका दिन कार्यकर्ता भेला सम्पन्न भएको छ ।
वामपन्थी नेता चेतनाथ आचार्यको प्रमुख आतिथ्य तथा राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम र वामपन्थी नेता मानबहादुरको विशिष्ट आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको छ ।
भेलाले हिरालाल धामीको संयोजकत्वमा मूल निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा बद्रे आलम, कविराम भट्टराई, सगिर आलम र खगेश्वर गिरी सदस्य रहनुभएको छ।
त्यसैगरी, भीमबहादुर क्षेत्रीको संयोजकत्वमा आर्थिक व्यस्थापन समिति गठन भएको छ । समितिमो सदस्यमा कविराम भट्टराई, श्यामराज कुर्मी, चन्द्रबहादुर खत्री र श्रद्धा पौडेल रहनुभएको छ ।
भेलाले हिरालाल धामीको संयोजकत्वमा चुनावी प्रचार प्रसार समिति चयन गरेको छ । समितिमा कविराम भट्टराई, सगिर आलम, श्यामराज कुर्मी, भीमबहादुर क्षेत्री सुवेदी, मोहम्मद रफिक, शिद्धिक मुसलमान, शारदा पौडेल, दीपा सुनार, विमला कुँवर, कृष्णा कुँवर, रामकिसुन बानिया, नरबहादुर केसी, हेमन्तदास कुर्मी, सुनिताकुमारी कुर्मी, रेहाना खातुन, घनश्याम कहार, बद्रे आलम, मननान मुसलमान, इन्द्रबहादुर केसी, चन्द्रबहादुर खत्री, दयाराम कुर्मी, सत्यादेवी भुज, काशिप्रसाद ठाकुर, उर्मिला चौधरी, आफताब आलम, कश्फुदोजा, अञ्जली धामी, नवीना धामी, विशाल पौडेल, खगेश्वर गिरी, यमबहादुर थापा, मानबहादुर सार्की, नरबहादुर थापा, लीलाधर घिमिरे र देवीलाल सुवेदी रहनुभएको छ ।
कार्यक्रमको अध्यक्षता नगर उपाध्याय कविराम भट्टराईले गर्नु भएको थियो भने सञ्चालन हिरालाल धामीले ।