दिनेश रैदास, दाङ ।
रक्तिम सांस्कृतिक अभियान राप्ती गाउँपालिकाको एक दिने प्रशक्षिण भेला सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई विजयी गराउन प्रशिक्षण भेलाको आयोजना गरिएको हो ।
पर्यटकीयस्थल गढवा १ बडहरास्थित कुलपानी हरित पार्कमा आयोजित भेलालाई अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले प्रशिक्षण दिनुभएको थियो ।
यस्तै, अखिल नेपाल किसान महासङ्घका केन्द्रीय कोषाध्यक्ष प्रेम नारायण आचार्य, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य केशवराज खनाल, अखिल नेपाल युवक सङ्घका केन्द्रीय उपाध्यक्ष चित्र बहादुर महतारा, राष्ट्रिय जनमोर्चा दाङ देउखुरी जिल्ला कमिटीका उपाध्यक्ष महेश रिजाल, रक्तिम सास्कृतिक अभियानका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष अनन्त आचार्य, राष्ट्रिय जनमोर्चा राप्ती गाउँ कमिटी अध्यक्ष ठाकुर प्रसाद आचार्य, अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष एवम् लुम्बिनी प्रदेश समानुपातिक उम्मेदवार पूर्णिमा आचार्यले पनि सम्बोधन गर्नु भएको थियो ।

त्यसक्रममा वक्ताहरुले समानुपातिकतर्फ संघ र प्रदेशमा राजमोलाई र प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह गर्नु भएको थियो ।
रक्तिम सांस्कृतिक अभियान दाङका कोषाध्यक्ष्य विक्रम पाण्डेको अध्यक्षता र महिला नेतृ विनु गुरुङको स्वागतबाट शुरू भएको भेलाको सञ्चालन गिर बहादुर पौडेलले गर्नु भएको थियो ।