• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्युठानमा गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान


  •   शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
  • शङ्करप्रसाद पोखरेल, बुटवल ।
    संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारहरूलाई जिताउन पाँचदलीय गठबन्धनका नेताहरूले मतदातासँग आग्रह गरेका छन् ।

    Advertisement

    मङ्सिर ४ गतेको चुनाव गणतन्त्रबादी शक्ति र प्रतिगामी शक्तिबिचको लडाइँ भएकाले प्रतिगमनलाई हराउन गणतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनीहरूको दाबी थियो ।

    २०७९ कात्तिक १९ गते बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले गठबन्धनले स्थायी राजनीति र स्थायी सरकार दिने बताउनुभयो ।

    देशलाई राजनीतिक निकास दिने गठबन्धनको दीर्घकालीन उद्देश्य रहेको उल्लेख गर्दै देशलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारलाई जिताउनु अहिलेको आवश्यकता रहेको उहाँको तर्क थियो ।

    प्युठानका मतदातालाई गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि मत दिन आग्रह गर्दै गठबन्धनलाई जिताउने गरी सबै दलका नेता तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न आग्रहसमेत उहाँले गर्नुभयो ।

    पोख्रेलले ओलीले संसद् विघटन गरेपछि देश राजनीतिक र आर्थिक रूपले सङ्कटमा परेको बताउँदै राजनीतिमा सुधार ल्याउन राजनीतिक दललाई सचेत बन्न आग्रह गर्नुभयो ।

    पोख्रलले एमालेको लोकप्रिय चुनावी नाराले जनतामा भ्रम सिर्जना गरेको दाबी गर्दै ओलीको लोकप्रिय नाराले देशको विकास पनि नभएको र राजनीतिक अस्थिरता पैदा भएको दाबी गर्नुभयो।

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्ण खड्काले भारत र राजावादी शक्तिसँग मिलेर एमालले नेपालमा हिन्दु सम्राट ल्याउन खोजेको दाबी गर्दै संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताउनुभयो ।

    नेकपा माओवादी केन्द्रका नेता यज्ञबहादुर केसीले प्रतिगामी शक्तिका विरुद्व गणतन्त्रवादी शक्तिबिचको गठबन्धनले हारे देशले हार्ने र गणतन्त्र गुम्न सक्ने बताउनुभयो ।

    उहाँले गणतन्त्र नचाहने एमाले–राजावादी शक्तिसँग मिलेकाले बलिदान दिएर ल्याएको संविधान र गणतन्त्रलाई जोगाउन गणतन्त्र पक्षधर गठबन्धनलाई जिताउन जिल्ला फर्कन रुपन्देहीमा बसेका प्युठानीलाई आग्रह गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बासुदेव पोखरेलले देशको राष्ट्रिय आवश्यकताअनुसार पाँचदलीय गठबन्धन बनेकाले अग्रगामी शक्तिलाई जिताउनुको विकल्प नभएको बताउनुभयो ।

    उहाँले गठबन्धनले हारे भावी पुस्ता फेरि गणतन्त्रका लागि लड्नुपर्ने अवस्था आउने भएकाले सचेत भएर प्युठानलाई गठबन्धनमय बनाउनुपर्ने बताउनुभयो ।

    नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री तथा प्रदेश समानुपातिक उम्मेदवार निमा गिरीले प्युठानका गठबन्धन दलमा एकार्काबीच शङ्का गर्ने ठाउँ नरहेको बताउँदै गठबन्धनका उममेदवारलाई जिताउने गरी चुनावी अभियानमा सबैलाई लाग्न आग्रह गर्नुभयो।

    काङ्ग्रेस प्युठानका पूर्व सभापति अमर भण्डारीले आआफ्ना पार्टीका एजेन्डा र फरक विचार भए पनि गणतान्त्रिक व्यवस्था जोगाउने लक्ष्य एउटै भएकाले गठबन्धका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।

    काङ्ग्रेस नेता शिव रिजालले प्युठानमा गठबन्धन दलका उम्मेदवारको जित सुनिश्चित भए पनि मङ्सिर ४ गतेसम्म निरन्तर चुनावी अभियानमा लागेर प्रतिगामी शक्तिलाई पूरै परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा माओवादी नेतृ तथा समानुपातिकतर्फकी उम्मेदवार राधा जिसी, व्यवसायी भरत केसी, पत्रकार महासङ्घ रुपन्देही अध्यक्ष रामराज पोखरेललगायतले बोल्दै देशलाई राजनीतिक रूपमा निकास दिन गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिनुभएको थियो।

    राष्ट्रिय जनमोर्चा प्युठान–रुपन्देही सम्पर्क समितिका अध्यक्ष कृष्ण जिसीको अध्यक्षता, प्रदीप जीसीको सञ्चालन र रामप्रसाद न्यौपानेको स्वागतमा उक्त कार्यक्रम भएको थियो ।

    शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.