• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

आगामी चुनाव पश्चगमन र अग्रगमनमाझको जनमत संग्रह : झाक्री


  •   शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सचिव तथा गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधि सभाकी उम्मेदवार रामकुमारी झाक्रीले आगामी चुनावलाई पश्चगमन र अग्रगमनमाझको जनमत सङ्ग्रहको सङ्ज्ञा दिनुभएको छ ।

    Advertisement

    गुल्मी निर्वाचन क्षेत्र नं. २ का प्रतिगमन विरोधी पाँच दलसम्बद्ध संयुक्त गुल्मी–काठमाडौँ सम्पर्क समितिको आयोजनामा २०७९ कात्तिक १९ गते राजधानीमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘अहिलेको चुनाव सामान्य आवधिक चुनाव होइन’ उहाँले भन्नुभयो– ‘यो चुनाव त पश्चगमन र अग्रगमनमाझको चुनाव हो ।’ उहाँले यो चुनावलाई लोकतन्त्रको सवालमा इमान र बेइमानमाझको सङ्घर्षसित तुलना गर्नुभयो ।

    सम्बोधनको क्रममा नेतृ झाक्रीले युगान्डाका तानाशाही पूर्व राष्ट्रपति इदि अमिनसँग नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तुलना गर्नुभयो ।

    ‘हामीले पढेका थियौँ’ ओलीको नाम नलिइकन उनीप्रति सङ्केत गर्दै झाँक्रीले भन्नुभयो– ‘युगान्डाका तानाशाह इदि अमिन भन्ने गर्दथे, तिमी बोल्न स्वतन्त्र छौ तर बोलिसकेपछि तिम्रो सुरक्षाको ग्यारेन्टी मैले लिन्नँ ।’

    ‘यस्तै प्रवृत्तिले यतिखेर नेपालको लोकतन्त्र खतरामा छ’ उहाँको भनाइ थियो ।

    गुल्मी क्षेत्र नं. २ (क) मा नेपाली काङ्ग्रेसका उम्मेदवार भूवनप्रसाद श्रेष्ठले मन्तव्य राख्दै प्रतिगमन विरोधी शक्तिमाझ एकता नभए २०६२–६३ सालको जनआन्दोलनद्वारा प्राप्त उपलब्धि गुम्ने अवस्था रहेको बताउनुभयो ।

    उहाँले २०१७ पुस १ गते, २०५९ माघ १९ गते र २०७७ पुस ५ गतेको ओलीको कदम उस्तै उस्तै भएको भनाइ राख्नुभएको थियो ।

    गुल्मी क्षेत्र नं. २ (ख) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बुद्धिबहादुर घर्तीले संविधानको रक्षा तथा प्रतिगमनलाई परास्त गर्नका लागि अहिले वाम–लोकतान्त्रिक गठबन्धन बनेको बताउँदै त्यसको विजयका लागि सबै तहतप्का लाग्नुपर्ने बताउनुभयो ।

    नेपाली काङ्ग्रेसको तर्फबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक उम्मेदवार त्रैलोक्यप्रताप सेनले समेत मन्तव्य राख्नुभएको सो कार्यक्रममा राजमो निकट सम्पर्क समितिका उपाध्यक्ष ईश्वरी शर्मालगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता काङ्ग्रेसनिकट सम्पर्क समितिका सभापति कृष्णप्रसाद खरेलले गर्नुभएको थियो ।

    कार्यक्रममा गठबन्धनका सयौँ नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

    शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.