रिसव आचार्य, बागलुङ ।
राष्ट्रिय जनमोर्चा बागलुङले चुनावी अभियान तीब्र गतिमा अगाडि बढाएको छ । चुनावी कार्यक्रमकै शिलशिलामा संगठन निर्माणसमेत गरिएको छ ।
यसै सन्दर्भमा गलकोट नगरपालिका ११ रिघाको मनेवा टोलमा बिहीबार साँझ भएको भेलाले राजमोको टोल समिति गठन गरेको छ ।
गंगा सिंजालीको अध्यक्षमा गठित ९ सदस्यीय समितिको उपाध्यक्षमा यम श्रीस, सचिव कुल बहादुर सिंजाली र कोषाध्यक्षमा श्यामकलि सिंजाली चयन हुनुभएको छ । सदस्यहरुमा तुल सिंजाली, हिरा राना, देवेन्द्र पुन, चन्दा रामजाली र मदन पुन रहनु भएको छ ।
भेलालाई राजमो जिल्ला सदस्य कृष्ण पुन र अखिल (छैठौं)का केन्द्रीय सचिव सरोजमान सिंहले सम्बोधन गर्नु भएको थियोे ।
वक्ताहरूले सम्बोधन गर्दै प्रतिगामी शक्तिलाई पत्तासाफ गर्न एकजुट भएर लाग्न आह्वान गर्नुभएको थियो । उहाँहरुले आगामी मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ गठबन्धनका उमेदवारलाई र समानुपातिकतर्फ राजमोका उमेदवारहरुलाई विजयी गराउनको निम्ति आ–आफ्नो ठाउँमा खटिनुहुन समेत अनुरोध गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता भक्तिराम पुन र सन्चालन दल बहादुर बुढाथोकीले गर्नुभएको थियो ।