काठमाडौँ । काठमाडौँको न्युरोडमा एक पुरुषको शव फेला परेको छ ।
Advertisement
जुद्ध शालिक नजिकको एक मन्दिरभित्र आज बिहान शव फेला परेको हो ।
अन्दाजी ५५/५६ वर्षको पुरुषको शव फेला परेको हो । प्रहरीका अनुसार उनी ज्याला मजदुरीको काम गर्दै आएका व्यक्ति हुन् । उनको सनाखत हुन बाँकी छ ।
उनको टाउकोमा चोट देखिएको छ । घटनास्थलमा ढोकामा लगाउने आग्लो जस्तो लामो काठ पनि फेला परेको छ । घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।