विराटनगर । मोरङको उर्लाबारीमा छठ पूजा हेर्न गएका एक बालकको छुरा प्रहारबाट हत्या भएको छ ।
Advertisement
मोरङ र झापाको सीमानामा बग्ने मावा खोलामा मेला हेर्न आएका झापा दमक नगरपालिका–१० का १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको हो ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि उर्लाबारीको गोदाबारी अस्पताल हुँदै विर्तामोडको बिएण्ड सी अस्पताल पुर्याइएको थियो । उनको बीएण्डसीमा उपचारका क्रममा सोमबार विहान उनको मृत्यु भएको हो ।
घटनाको अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको छ भने घटनामा संलग्न अन्यको खोजी भइरहेको छ ।
उनीमाथि पुरानो रिसिईबिका कारण छुरा प्रहार भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ । आइतबार राति १०:२५ बजे छुरा प्रहार भएको थियो ।
प्रहरीका अनुसार छुरा प्रहारबाट बालकको बायाँ कोखामा गम्भीर चोट लागेको थियो ।