• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

भैरहवादेखि तनहुँसम्म साइकल यात्रा


  •   सोमबार, कार्तिक १४, २०७९ मा प्रकाशित
  • दमौली । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित भैरहवाबाट सुरु भएको साइकलयात्राको टोली तनहुँ आइपुगेको छ । साइकल सिटी भैरहवाको आयोजनामा शुक्रबारदेखि सुरु भएको साइकलयात्राको टोली आइतबार तनहुँ आइपुगेको हो । उक्त टोलीलाई शुक्रबार गृहमन्त्री बालकृष्ण खाणले बिदाइ गर्नुभएको थियो ।

    Advertisement

    साइकलयात्री तेस्रो दिन तनहुँको व्यास नगरपालिका–५ मानुङकोट आइपुगेका छन् । तनहुँको भिमाद, खैरेनीटार, जामुने हुँदै टोली साँझ मानुङकोट पुगेको हो । साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारु मगरले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित साइकलयात्रा गरिएको जानकारी दिनुभयो । “साइकल पर्यटनमार्फत् आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित साइकलमा यात्रा गरेका हौँ”, उहाँले भन्नुभयो, “हाम्रो यो यात्रा निरन्तर जारी रहन्छ ।” गत वर्ष अर्घाखाँचीमा साइकलयात्रा गरिएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “मानिसको दैनिक जीवनमा साइकल महत्वपूर्ण साधन बनेको छ, महँगिदो पेट्रोलका कारण पनि साइकल प्रयोगमा जोड दिँदै आएका छौँ । स्वास्थ्यका हिसाबले पनि साइकल प्रभावकारी छ ।”

    भैरहवादेखि सुरु भएको यात्रा तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुगेर टुङ्गिनेछ । मानुङकोटसम्म पुगेर चितवन हुँदै भैरहवा फर्किने कार्यक्रम तय भएको छ । भैरहवा साइकल सिटीमा ७० जना सदस्य आबद्ध भए पनि साइकल यात्रामा १६ जना सहभागी छन् । “सबैजनाको अनुकूल मिलेन, कोही व्यापार व्यवसायमा हुनुहुन्छ, कोही सरकारी जागिरमा हुनुहुन्छ, समय मिलाएर प्रतिनिधित्वमूलक साइकलयात्रा गरेका छौँ”, उहाँले भन्नुभयो ।

    व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले साइकलयात्रीलाई स्वागत एवं सम्मान गर्नुभएको छ । सो क्रममा व्यास नगरपालिकाका उपप्रमुद दरैले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानुङकोटको प्रचारप्रसारका लागि साइकल यात्राले सहयोग पुग्ने बताउनुभयो ।

    कुहिरो र सूर्योदय अवलोकनका लागि पर्यटक मानुङकोट आउने क्रम बढेको र साइकलयात्राले यहाँको पर्यटनमा थप टेवा पुग्ने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

    यस्तै साइकलयात्रीलाई भिमाद नगरपालिकाले स्वागत एवं सम्मान गरेको छ । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले पर्यटन प्रवद्र्धनका लागि थालिएको प्रयासले सार्थक रुप लिने बताउनुभयो ।

    साइकलयात्रीलाई म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ पँधेरा सामुदायिक वन उपभोक्ता समूहले पनि स्वागत गरेको छ । सामुदायिक वनभित्र निर्मित रुखमाथि बनेको घर (ट्रि हाउस) मा साइकलयात्रीलाई स्वागत गरिएको हो ।

    साइकलयात्री थीरेन्द्र श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि रुखमाथि बनेको घर एकदमै राम्रो रहेको प्रतिक्रिया दिनुभयो । म्याग्दे–२ का वडाध्यक्ष शिवबहादुर रानाभाट, ज्यानटाङ पँधेरा सामुदायिक वनका उपाध्यक्ष सरस्वती रानाभाटलगायतले साइकलयात्रीलाई फूलमालाले स्वागत गर्नुभएको थियो ।

    यात्राको पहिलो दिन भैरहवाबाट सुरु भई बुटवल, पाल्पा बर्तुङ, आर्यभञ्ज्याङ, चिदीपानी, हुमिन हुँदै ताहुँ धोबाधी, दोस्रो दिन धोबाधीबाट यात्रा सुरु गरी रम्भादेवी मन्दिर, ताहुँ बजार, बिर्कोट, रामपुरसम्म यात्रा सम्पन्न भएको थियो । तेस्रो दिन भिमाद बजार हुँदै खैरेनीटार, जामुने भञ्ज्याङ, चापाघाट हुँदै मानुङकोटसम्म साइकलयात्रा गरिएको थियो । (रासस)

    सोमबार, कार्तिक १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.