• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

दुर्घटनामा एकै गाउँका चारको मृत्यु, शोकमा गाउँ


  •   आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
  • रामपुर (पाल्पा) । मनकामना दर्शन गर्न दर्शनार्थी लिएर हिँडेको बस आज बिहान नवलपुरको बुलिङटार गाउँपालिका–२ स्थित कालीगण्डकी करिडोर सडकखण्डको मथारमा दुर्घटना भयो ।

    Advertisement

    पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट आज बिहानै मनकामना पुग्ने गरी गएराति करिब ११ बजे ना ६ ख ७५८० नम्बरको बस गुडेको थियो । सो बस करिब बिहान ३ बजे मथारमा एक्कासी दुर्घटना हुँदा पाँच यात्रुको घटनास्थलमा नै मृत्यु भयो ।

    मृतक पाँचमध्ये एकै गाउँका चार परेका छन् भने एकै परिवारका तीन जना छन् । मनकामना दर्शनका लागि हिँडेको बस दुर्घटना हुँदा घटनास्थलमा पाँच यात्रुको निधनले गाउँ नै शोकमा डुबेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

    ‘साठीबजार, नौगाउँ, फाँट, बिसौना गाउँका करिब ६५ स्थानीय दुई वटा बसमा मनकामना दर्शन गर्न हुँगीबाट बसमा चढेर निस्केको खबर पाएको छु, पाँचको मृत्युको खबरले दुःखी बनायो‘, उहाँले भन्नुभयो, ‘मृतकको शव परीक्षणका लागि रामपुर अस्पतालमा ल्याइएको छ, घाइतेको शिघ्र उपचारका लागि जनशक्ति परिचालन गरिएको छ ।’

    दुर्घटनामा रम्भा १ बिसौनाका अन्दाजी ६५ वर्षीय धनकुमारी विक, उनका माहिला छोरा ४१ वर्षीय ताराबहादुर विक र नाति ९साठीबजार बस्ने छोरीतर्फको० १६ वर्षीय विनय विक, च्याङलिङ बस्ने ५८ वर्षीय देवी गाहा, स्याङ्जाको गल्याङ्ग नगरपालिका–९ बस्ने ४५ वर्षीय फूलमाया माझी रहेका छन् । धनकुमारी, ताराबहादुर र विनय एकै परिवारका हुन् ।

    दुर्घटनामा मृतक ताराबहादुरका श्रीमती ३६ वर्षीय माया विक र १५ वर्षकी छोरी रिमा विक घाइते छन् । उनीहरुको हाल नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

    मृतक ताराबहादुर गाउँघरमा घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्थे । एक असल इमान्दार मेहनती ताराबहादुरको परिवारमा ठूलो बज्रपात परेको छिमेकी तथा स्वास्थ्यकर्मी जगन्नाथ भण्डारीले बताउनुभयो । प्रहरी चौकी बुलिङटारले दिएको जानकारीअनुसार साढे तीन बजे प्रहरी उद्धारका लागि घटनास्थलमा पुगेको थियो । लगत्तै उद्धार कार्य सुरु गरी घाइतेलाई अस्पताल पठाइयो । बिहान ९ बजेसम्म उद्धार कार्य चलिरह्यो ।

    कालीगण्डकी करिडोर सडकखण्डदेखि करिब एक सय मिटर तल बस खसेको छ । बस अनियन्त्रित भएर दुर्घटना हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी चौकी बुलिङटार (नवलपरासी सुस्ता पूर्व नवलपुर) का प्रहरी सहायक निरीक्षक विक्रम कुमालले बताउनुभयो ।

    ‘कालीगण्डकी करिडोरको पक्की सडकमा दुर्घटना भएको छ, झट्ट हेर्दा यति ठूलो दुर्घटना होला जस्तो देखिदैन, रातको समय भएकाले बस अनियन्त्रित भएर दुर्घटना भयो होला भन्ने हाम्रो अनुमान छ, घटनाबारे अनुसन्धान भइरहेको छ’, उहाँले भन्नुभयो ।

    चालक, सहचालक र २८ घाइते यात्रुको अहिले नारायणी सामुदायिक अस्पताल र भरतपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बस चालक, सहचालक सहित ३५ जना सवार रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा बस चालक पाल्पा रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने २९ वर्षीय दिलकुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाड बस्ने २४ वर्षीय साजन श्रेष्ठ, बसमा सवार पाल्पा रम्भा गाउँपालिका–१ बस्ने चार वर्षीय अंकित सुनार, १० वर्षीय कृष्ण केवट, १८ वर्षीय प्रविण सुनार, २० वर्षीय रामबहादुर विक, २१ वर्षीय रीता विक, २५ वर्षीय काशिराम विक, २० वर्षीय विशाल विक, एक वर्षीय आइसा विक, १६ वर्षका अविनाश विक, सात वर्षीय पुष्पा विक, ४७ वर्षीय मेघनाथ विक, १५ वर्षीय रिमा विक रहेका छन् ।

    त्यस्तै ३२ वर्षीय सन्जु सुनार, ३८ वर्षीय प्रेमबहादुर सुनार, २० वर्षीय आशिष सुनार, २० वर्षकै विजय विक, ३६ वर्षका माया विक, १२ वर्षकी अस्मिता सुनार, ४७ वर्षीय ओमबहादुर विक, ४५ वर्षीय सेती विक, ४८ वर्षकी शिवकुमारी विक, पाल्पा झडेवा बस्ने ३२ वर्षीय सुमित्रा विक, स्याङ्जाको गल्याङ्ग नगरपालिका–९ बेलचौर बस्ने २५ वर्षीय दिलमाया राना, सोही ठाउँकै तीन वर्षीय रविन राना, स्याङ्जा गल्याङ ८ बस्ने ३५ वर्षीय मनोजकुमार विक, सोही ठाउँकै ३० वर्षीय सरिता माझी, ३० वर्षकै उमाकुमारी विक र ३१ वर्षका रामु राना घाइते रहेको प्रहरी चौकी बुलिङटारले जानकारी दिएको छ । दुर्घटनाबारे छानबिन गर्न प्रहरी नायब उपरीक्षक सन्तोष पाठकको संयोजकत्वमा छानबिन समिति गठन गरी अनुसन्धान थालिएको छ ।

    प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त
    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवलपुरमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज दिउँसो सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुभएको हो । साथै देउवाले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

    उहाँले लेख्नुभएको छ, ‘पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले स्तब्ध भएको छु । दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।’रासस

    आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.