खिमराज चालीसे, चंडिगढ ।
मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रका विभिन्न नगरहरूमा उत्साहका साथ २०७९ को देउसी भैलो खेलिएको छ ।
तिहारको उपलक्षमा प्रवासी नेपालीहरु बिचमा देउसी भैलो भव्यताका साथ सम्पन्न भएको मूल प्रवाह नगर समितिहरुले जनाएका छन् ।
मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रको संगरुर नगर समितिले तीन दिनसम्म जनताको घर दैलोमा खेलेको प्रगतिशील जनवादी देउसी भैलोको समापन बिहीबार भएको छ ।

समापन समारोहमा प्रमुख अतिथी केन्द्रीय परिषद सदस्य बुद्धिराम आचार्य, नगर अध्यक्ष खेमराज पोखरेल, महिला नगर संयोजक लक्ष्मी खनाल पाण्डेयले देउसी भैलोको अनुभवबारे चर्चा गर्नु भएको नारायण भुसालको अध्यक्षता तथा राजु खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत राम प्रसाद खनालले गर्नु भएको थियो ।
मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रभरि देउसीभैलो
त्यसैगरी सो क्षेत्रको अम्बाला, पटियाला, लुधियाना सिटि र फोकलप्वाइन्ट, जालन्धर, रोपड, श्रीगंगानगर, भटिन्डा, हिसार र चंडिगढ समेतका नगरहरुमा २०७९ सालको प्रगतिशील देउसीभैलो भव्यताका साथ सम्पन्न भएको मूल प्रवाहका क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले जानकारी दिनु भएको छ ।


