खिमराज चालिसे, चण्डीगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, सुदूर पश्चिमोत्तर क्षेत्रअन्तर्गतका विभिन्न नगरमा उत्साहका साथ २०७९ सालको प्रगतिशील देउसीभैलो भव्यताका साथ सम्पन्न भएका छन् ।
पन्जाबको सङ्गरुर नगर समितिले तीन दिनसम्म जनताको घरदैलोमा खेलेको प्रगतिशील देउसीभैलोको समापन अक्टोबर २७, २०२२ का दिन बिहीबार भएको छ । समापन समारोहमा प्रमुख अतिथि केन्द्रीय परिषद् सदस्य बुद्धिराम आचार्य, नगर अध्यक्ष खेमराज पोखरेल, महिला नगर संयोजक लक्ष्मी खनाल पाण्डेयले देउसीभैलोको अनुभवबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रम नारायण भुसालको अध्यक्षतामा तथा राजु खनालको सञ्चालन तथा स्वागत रामप्रसाद खनालले गर्नुभएको थियो ।
त्यस्तै, सोही क्षेत्रको अम्बाला, पटियाला, लुधियाना सिटी र फोकल प्वाइन्ट, जालन्धर, रोपड, श्रीगङ्गानगर, भटिन्डा, हिसार र चण्डीगढसमेतका नगरमा २०७९ सालको प्रगतिशील देउसीभैलो भव्यताका साथ सम्पन्न भएको मूल प्रवाहका क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाले बताउनुभयो ।