काठमाडौँ । प्रतिगमनको विरुद्धमा कायम भएको चारदलीय गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ ।
गठबन्धनमा आबद्ध दलका तर्फबाट २०७९ कात्तिक ११ गते बिहीबार जारी गरिएको संयुक्त प्रेसविज्ञप्तिमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरिएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, प्रधामन्त्री एवम नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा केही स्थानमा देखिएको विवादलाई पनि छलफलका माध्यमबाट निष्कर्षमा पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यस्तै, गठबन्धनका तर्फबाट सहमतिका उम्मेदवारको सूची पनि सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । केही स्थानमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ । ती स्थानमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएका विज्ञप्तिमा उल्लेख छ ।
चारदलीय प्रेसविज्ञप्ति

साझा उम्मेदवारको नामावली