भक्तपुर । सरकारले राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सो जानकारी दिनुभएको हो ।
२०७९ कात्तिक ९ गते बुधबार भक्तपुरमा आयोजित नेपाल संवत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवम् राष्ट्रिय विभूति शङ्खधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो घोषणा गर्नुभएको थियो ।
शङ्खधर साख्वाको योगदानलाई चीर बनाउनेहरूलाई कदरस्वरूप हरेक वर्ष तीन जना व्यक्तित्वलाई एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने तयारी गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
उनले शंखधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित हुने बताउनुभयो । मन्त्री श्रेष्ठले नेपाल संवत्लाई व्यवहारमा उतार्न सक्नुपर्नेमा जोड दिनुभयो ।