भक्तपुर । नेपाल संवत्को नयाँ वर्ष ११४३ को अवसरमा भक्तपुरमा भिन्तुना र्याली प्रदर्शन गरिएको छ ।
Advertisement
२०७९ कात्तिक ८ गतेका दिनन नेवारी पोसाक लगाएर महिला तथा पुरुषले बाँसुरी बाजा, धिमे बाजालगायत विभिन्न प्रकारका बाजा बजाउँदै विभिन्न सङ्घ–सङ्गठनको सहभागितामा र्याली निकालिएको हो ।
नेपाल भाषा साहित्य तःमुंज्याले भक्तपुर नगरपालिकाको च्याम्हासिंहबाट निकालेको र्याली भक्तपुर नगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो ।
च्याम्हासिंहबाट सुरु भएको ¥याली सूर्यमढी, दत्तात्रय, गोल्मढी, सुकुलढोका, दरबार स्क्वायर हुँदै खौमा पुगेर जगत्सुन्दर मल्लको शालिकमा माल्यार्पण गरी समापन भएको थियो ।