• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

बागलुङमा चुनावी ‘एजेण्डा’ सुनाउँदै घरघरमा उम्मेदवार


  •   आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
  • बागलुङ । विस्तारै चुनावी माहोल तात्दैछ । दल र उम्मेदवार मत माग्दै मतदाताका घरघरमा पुगिरहेका छन् । निर्वाचन आचारसंहिताले मतदानको १७ दिनअघिबाट मात्रै चुनावी प्रचारको समय दिएका कारण उम्मेदवार यतिबेला घरदैलो र भेटघाटमा व्यस्त छन् ।

    Advertisement

    आमसभा, र्‍यालीजस्ता ठूला प्रचारात्मक कार्यक्रम गर्न नपाए पनि आफ्ना चुनावी ‘एजेण्डा’ सुनाउँदै मतदाताको मन जित्ने कसरतमा उम्मेदवार छन् । चाडबाडसँगै खेतीबाली भित्र्याउने चटारोबीच पनि उम्मेदवारका कुरा सुन्न मतदाता उत्सुक देखिन्छन् ।

    चुनाव हुन २९ दिन बाँकी रहँदा नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिका साथ राजनीतिक दलहरू चुनावी मैदानमा होमिएका हुन् । मतदातासामु भए गरेका उपलब्धि सुनाउने र नौला प्रतिबद्धता जाहेर गर्ने क्रम चलिरहेको छ ।

    पाँचदलीय गठबन्धनले पनि चुनावी अभियानलाई तीव्र पारेको छ । घरदैलो, भेटघाट र अन्तरक्रियामार्फत गठबन्धन दल र तिनका उम्मेदवार मतदाताकहाँ पुगिरहेका छन् । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक राजीव घिमिरेले घरदैलोसँगै अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम भइरहेको बताउनुभयो ।

    उहाँका अनुसार शनिबारदेखि बागलुङ–२ को बडिगाड गाउँपालिकामा गठबन्धनको चुनावी अभियान सुरु भएको छ । ‘हरेक निर्वाचन क्षेत्रका चुनाव परिचालनको छुट्टाछुट्टै कार्ययोजना छ, सोहीअनुसार कार्यक्रम भइरहेको छ’, संयोजक घिमिरेले भन्नुभयो, ‘वडा तहसम्मै निर्वाचन सम्पर्क कार्यालय खोल्ने काम पनि सँगसँगै भइरहेको छ ।’

    उहाँले निर्वाचन आचारसहिंताअनुसार नै गठबन्धनले आफ्नो चुनावी प्रचार–प्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउने बताउनुभयो ।
    नेकपा (एमाले) ले गत आइतबार बागलुङ नगरपालिका–१२ देखि सुरु गरेको घरदैलो कार्यक्रम शनिबार वडा नं ७ मा पुगेको छ । घरदैलो र भेटघाटमा एमालेबाट बागलुङ–१ का प्रतिनिधिसधा र प्रदेशसभा सदस्य उम्मेदवारसँगै पार्टीका नेता, कार्यकर्ता छन् ।

    मतदाता रिझाउन एमालेले आकर्षक नारासहित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ‘महिलाहरूसँग हाम्रो बाचाः सुरक्षा र सम्मानको प्रत्याभूति, उद्यमशीलताको ग्यारेन्टी’, भूमिहीनसँग हाम्रो सङ्कल्पः सबैको हातमा लालपुर्जा, सहुलियत दरमा कर्जा’लगायत आदर्श वाक्य प्रतिबद्धतापत्रमा समेटिएको छ ।

    एमालेका जिल्ला सचिव विष्णु भुसालले गाउँघरमा चुनावी रौनक सुरु भएको बताउनुभयो ।

    चुनावी रापतापले साना राजनीतिक दललाई पनि उत्तिकै छोएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गलकोट, बुर्तिबाङ हुँदै निसीखोलासम्मलाई जोडेर चुनावी अभियान थालेको छ ।

    सो पार्टीका जिल्ला सभापति गणेश पौडेलले आफ्ना उम्मेदवारको पक्षमा मत माग्न शनिबार गलकोट आइपुगेको बताउनुभयो । “सङ्घतर्फ दुई र समानुपातिकबाट एक गरी जिल्लाभर हाम्रो पार्टीबाट तीन जना उम्मेदवार हुनुहुन्छ, उहाँहरुको पक्षमा चुनावी माहोल बनाउन लागिपरेका छौँ”, सभापति पौडेलले भन्नुभयो ।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि जिल्लाबाट ३१ उम्मेदवार चुनावी मैदानमा छन् । दलका शीर्षनेतादेखि नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । बागलुङ–१ मा पाँचदलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा (एमाले) बाट सूर्यप्रसाद पाठक मुख्य प्रतिस्पर्धा हुनुहुन्छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (विपी) बाट शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षेत्री पनि बागलुङ–१ को उम्मेदवार हुनुहुन्छ । बागलुङ–१ (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा, नेकपा (एमाले) का हिराबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमाल चुनावमा होमिनुभएको छ ।

    बागलुङ–१ (ख) मा गठबन्धनका तर्फबाट कांग्रेसका डिल्लीराम सुवेदी, एमालेबाट नवराज पौडेल, राप्रपाबाट गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापा चुनाव लड्दै हुनुहुन्छ । बागलुङ–२ मा गठबन्धनबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलका विरुद्ध एमालेबाट मञ्जु शर्मा चालिसे चुनावी मैदानमा हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, नेकपा जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट तुलसीराम अर्याल र डिलबहादुर कार्की पनि सोही क्षेत्रबाट चुनाव लड्दै हुनुहुन्छ ।

    बागलुङ– २ (क) मा सत्ता गठबन्धनका जीत शेरचन र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीबीच प्रतिस्पर्धा हुँदैछ । बागलुङ–२ (ख) मा गठबन्धनबाट कांग्रेसका दोर्ण कुँवर, एमालेका लक्ष्मण पुन, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका ताराबहादुर घर्ती, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट नरबहादुर गुरुङ र दुर्गादेवी घर्ती चुनावी मैदानमा हुनुहुन्छ । रासस

    आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.