• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

निःशुल्क जग्गा दिने १८ जग्गादातालाई सम्मान


  •   शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
  • खोटाङ । साकेला गाउँपालिकाले गाउँपालिकाको प्रशासनिक भवन निर्माण तथा गाउँपालिकाभित्र सञ्चालित विभिन्न कार्यालय भवन निर्माण गर्न निःशुल्क जग्गा प्रदान गर्ने १८ जग्गादातालाई सम्मान गरेको छ ।

    Advertisement

    गाउँपालिकाले दसैँ, तिहार, छठ तथा किरात समुदायको साकेला उँधौली चाडका अवसर पारेर शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा जग्गादातालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

    मानेभञ्ज्याङस्थित गाउँपालिकाको प्रशासकीय भवन निर्माणार्थ १० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने साकेला–२ का काजीबहादुर खत्री, तीन रोपनी दिनुभएका राजकुमार सुवेदी, पाँच रोपनी दिने भीमबहादुर सुवेदी, छ रोपनी दिने बलराम राई र एक रोपनी दिने विष्णुकुमारी कटवाललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको सामाजिक सुरक्षा शाखाप्रमुख डिएम चाम्लिङ राईले जानकारी दिनुभयो ।

    चण्डेश्वरी आधारभूत विद्यालय बाँझेच्यानडाँडालाई एक रोपनी दिने पदमबहादुर कामी, साकेला स्वास्थ्यचौकी रतन्छालाई सात रोपनी दिने मानबहादुर राई, वडा कार्यालय रतन्छालाई दुई रोपनी पाँच आना दिने रुपेश राईलाई सम्मान गरिएको छ । साकेला आधारभूत अस्पताल निर्माणार्थ चार रोपनी आठ आना दिने तुलराम राई, तीन रोपनी छ आना दिने रामकुमार राई र एक रोपनी दुई आना जग्गा दिने सञ्जय राईलाई पनि सम्मान गरिएको छ ।

    वडा नं ४ को कार्यालय भवन निर्माण गर्न तीन रोपनी जग्गा दिने देउकुमार श्रेष्ठ तथा एक÷एक रोपनी दिने प्रेमकुमार श्रेष्ठ, पदमबहादुर श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरिएको छ । आधारभूत स्वास्थ्य इकाइको भवन निर्माण गर्न तीन रोपनी आठ आना र धनबरे खेलमैदान साकेला–४ लाई चार रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने विष्णुमाया श्रेष्ठलाई सम्मान गरिएको छ ।

    आधारभूत स्वास्थ्य इकाइ साकेला–४ को भवन निर्माण गर्न एक रोपनी दिने हीरामाया श्रेष्ठ र आठ आना जग्गा निःशुल्क प्रदान गर्नुहुने पूर्णकुमारी श्रेष्ठलाई सम्मान गरिएको छ । विभिन्न कार्यालय निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुहुने जग्गादातालाई गाउँपालिका प्रमुख रविप्रकाश राई, पूर्वप्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’, उपप्रमुख बिर्सिका राई र पूर्वउपप्रमुख सरिता खड्काले संयुक्तरुपमा सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

    यसैबीच, साकेला गाउँपालिकाको शिक्षा शाखाले प्रकाशन गरेको शैक्षिक पाश्र्वचित्रसमेत विमोचन गरिएको छ । पालिकाकाभित्र सञ्चालित माध्यमिक र आधारभूत विद्यालयको आर्थिक, शैक्षिक, भौतिकसहित सम्पूर्ण विषय समेटिएको पाश्र्वचित्र प्रमुख रविप्रकाश, पूर्वप्रमुख ‘झङ्कार’, उपप्रमुख बिर्सिका र पूर्वउपप्रमुख खड्काले संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।

    शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.