शंकर प्रसाद पोख्रेल, बुटवल ।
पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले लुम्बिनी प्रदेसको बुटवलमा संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । शुक्रबार पोखरामा आयोजित चुनावी भेलालाई सम्बोधन गरेर नेताहरु बुटवल आएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले प्रतिगामीहरुलाई हराएर देशमा प्राप्त उपलब्धिको रक्षा गर्नको निम्ति गठबन्धन गर्नुपरेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा नेताहरुले प्रतिगमनले जिते देश नरहने बताउनु भयो ।

त्यस्तै, कार्यक्रममा नेपाली कांग्रेसका नेता राम चन्द्र पौडेल, गृहमन्त्री बाल कृष्ण खाँणले पनि सम्बोधन गर्नुभएको थियो ।
संयुक्त कार्यकर्ता भेलामा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, वामपन्थी नेता घनश्याम भुसालकोसमेत अतिथ्यता रहेको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका गठबन्धन दलहरुका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।