बुटवल । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्युठानबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दुर्गा पौडेलले बुटवलमा गठबन्धन दलका नेता कार्यकर्ताहरुसँग भेटघाट गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चा प्युठान–रुपन्देही सम्पर्क समितिले आयोजना गरेको भेटघाट कार्यक्रम बुटवलस्थित राजमोको कार्यालयमा सम्पन्न भएको थियो ।
प्युठानबाट अत्यधिक मतदाता विभिन्न कामको शिलशिलामा बुटवलमा बस्ने गर्दछन् ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्यद्वय नेता बोम बहादुर खत्री र कृष्ण खड्का, नेकपा माओवादी केन्द्र प्युठानका नेता भरत केसी, बिनोद पोख्रेल, नेपाली काग्रेस सम्बन्ध भात्री संगठनका नेताहरु बिष्णु खनाल, बालाराम पौडेल र राजमो प्युठान–रुपन्देही सम्पर्क समाजका पदाधिकारीहरु केसव बुढाथोकी, दिपक बस्नेत, पदम पौडेल, व्यवसायी वसन्त जिसी लगायतको उपस्थिति रहेको थियो।
आकस्मिक रुपमा गरिएको भेटघाट कार्यक्रम फलदायी रहेको गठबन्धनका उम्मेदवार पौडेलले बताउनुभयो ।
कार्यक्रममा चुनावी मिसन सफल पार्न र गठबन्धनका उम्मेदवाररहरुलाई जिताउन विशेष छलफल भएको माओवादी नेता भरत केसीले जानकारी दिनुभयो ।