• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

‘इरानबाट पाठ सिकेर संसदले एमसीसी अस्वीकार गरोस्’


  •   मङ्गलबार, पुष २२, २०७६ मा प्रकाशित
  • राष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कृतिक अभियानका काठमाडौं जिल्ला समितिले संयुक्तरुपमा सञ्चालन गरिरहेको जाली नक्सा खारेजीको छैठौं संस्करण मंगलबार चाबहिलमा सम्पन्न भएको छ । भारतले नेपालको कालापानी लिपुलेक र लिम्पियाधुरा लगायतको भूभाग समेटेर जाली नक्सा सार्वजनिक गरेपछि त्यसविरुद्ध राजमो र रक्तिमले लगातार विरोध गर्दै आएका छन् ।

    Advertisement

    मंगलबार चाबहिलमा आयोजित सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले भारतले गरेको सीमा अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारले खुट्टा कमाउन नहुने बताउनुभयो । उहाँले सीमा अतिक्रमण र जाली नक्सा खारेजीका लागि संयुक्त राष्ट्रसंघमा उठाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    यस्तै, नेता शर्माले सरकारले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट पाररित गराउन खोजेकोप्रति आपत्ति प्रकट गर्दै त्यसलाई संसदले अस्विकार गर्ने बताउनुभयो ।

    ‘हाम्रो संसदले इरानको अहिलेको घटनाबाट पाठ सिकेर अमेरिकी साम्राज्यवादी सर्तसहित आएको एमसीसी अस्विकार गरोस्’ नेता शर्माले भन्नुभयो, ‘अमेरिकाले दिने केही करोड वा अर्ब रुपैयाँसँगै अमेरिकी साम्राज्यवासमेत नेपालमा घुस्न खोज्दैछ । इण्डो प्यासिफिक रणनीति अन्तर्गतको एमसीसी नेपालमा छिर्यो भने जसरी इरानी कमाण्डरको हत्यापछि इराकबाट अमेरिकी सेना फिर्ता गर्न दिएको अल्टिमेटम अमेरिकाले अटेर गरेको छ, नेपालमा पनि त्यही दोहोरिन सक्छ ।’

    गतसाता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशालीमध्ये जर्नेल कासिम सुलेमानी इराकमा मारिएपछि इराकले आफ्नो देशबाट अमेरिकी सेना फिर्ता लैजान आदेश दिएको थियो तर अमेरिकाले आफ्ना सेना फिर्ता लैजाने अवस्था आए इराकमाथि नाकाबन्दी लगायउने चेतावनी दिएको छ ।

    कार्यक्रममा नेकपा (मसाल) ३ नं प्रदेशका प्रवक्ता समीर सिंहले नेपालबाट उत्तर कोरियाली नागरिक र त्यहाँकाे लगानी फिर्ता गरेर सरकारले अमेरिकी साम्राज्यवादको सेवा गरेको आरोप लगाउनुभयो । उहाँले सरकारका गलत क्रियाकलापका कारण देश भारतीय र अमेरिकी साम्राज्यवादीहरुकाे क्रिडास्थल बन्ने खतरा रहेकाे बताउनुभयाे ।

    कार्यक्रमलाई अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेल, राजमो कर्णालीका अध्यक्ष भरत शाही लगायतका नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो । राजमो काठमाडौं जिल्ला सदस्य प्रेम मोक्तानको अध्यक्षता र नेकपा (मसाल) जिल्ला प्रवक्ता जगत रेग्मीको सञ्चालनमा अघि बढेको कार्यक्रममा रक्तिमका कलाकारहरुले विभिन्न जोशीला गीत र नृत्य प्रस्तुत गरेका थिए ।

    मङ्गलबार, पुष २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.