काठमाडौं । सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरे छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा उत्कृष्ठ भएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा कातिक २ गते आयोजित दिक्षान्त समारोहमा कोर्षमा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गरिएको छ ।
बुधबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा संचालित छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन गरेका हुन् । सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बहादुर सिंहलाई ‘वेष्ट रिसर्च अवार्ड’ प्रदान गरिएको छ ।
सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा।डा। कुशुम शाक्यले डीएसपी गैरेलाई ‘वेष्ट एकेडेमीक अवार्ड’ प्रदान गरे।
२०७८ साल जेठ १६ गतेबाट सञ्चालन भएको सो कोर्षमा २ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, ३ जना सशस्त्र प्रहरी उपरीक्षक र ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकसहित १० जना अधिकृतहरु सहभागी थिए ।
कोर्षमा सहभागी अधिृकतहरुलाई स्टाफ ड्युटीज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानूनका बारेमा जानकारी गराइन्छ ।
यस्तै नेतृत्व तथा व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना, स्वदेश तथा विदेश शैक्षिक भ्रमण लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञहरुद्वारा अध्यापन गराईएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।