झापा । झापामा बालक भतिजालाई गाेली हानेर एक भगाैडा प्रहरीले आत्महत्या गरेका छन् । गौरादह नगरपालिका-८ बैराती स्कुल अगाडि आफैँले बोकेको पेस्तोलबाट गोली हानेर एक जनाले आत्महत्या गरेका प्रहरीले जनाएको छ।
Advertisement
गौरादह ८ बस्ने बिरन साहले पहिले भतिजलाई गोली हानेको र पछि आफैँलाई गोली हानी आत्महत्या गरेका हुन्।
उनले सुरुमा भतिजालाई गोली हानेर आफूसँग भएको पेस्तोलबाट आफ्नै कन्चटमा गोली हानेको झापाका प्रहरी प्रमुख एसपी विश्वमनी पोखरेलले बताए।
घरायासी विवादका कारण भतिजलाई गोली हानेर आफूलाईसमेत गोली हानेका हुन्। आत्महत्या गरेका बिरन साह भगौडा प्रहरी हुन्।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोली लागेर गम्भीर घाइते १४ वर्षीय बालकलाई उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड लगिएको छ।