• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

प्युठानी जनताको शिर कहिल्यै झुक्न दिने छैन : दुर्गा पौडेल


  •   शनिबार, असोज २९, २०७९ मा प्रकाशित
  • प्युठान । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्युठानबाट प्रतिनिधि सभाका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दुर्गा पौडेलले प्युठानी जनताको शिर निहुरिन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।

    Advertisement

    शनिबार प्युठान नगरपालिकामा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले आफूले अहिलेसम्म संसदमा प्रतिनिधित्व गर्दा प्युठानी जनताको शिर झुक्ने कुनै काम नगरेको बताउनुभयो ।

    उहाँले संसदमा प्युठानको विकासदेखि राष्ट्रियताको सवालमा जहिल्यै सशक्त रुपमा प्रस्तुत भएको बताउनुभयो ।

    ‘मैले सांसद हुँदा प्युठानी जनताको शिर निहुरिने काम गरेको छैन । अब पनि तपाइँहरुको शिर झुक्न दिने छैन’ पौडेलले भन्नुभयो, ‘अहिलेसम्म संसदमा आफु्नो क्षमताले भ्याएसम्म प्युठानको विकास, राष्ट्रियताको सवाल, लोकतन्त्रलगायतका विषयमा सशक्त आवाज उठाइरहेको छु । अब पनि यसलाई निरन्तरता मात्रै होइन, थप सशक्त पार्नेछु ।’

    पौडेलले संसदमा आफू राजमोको तर्फबाट एक्लै भएको हुनाले तथा प्रतिगमनविरुद्धको आन्दोलनको नेतृत्व गर्नुपर्ने परिस्थितिका कारण सोचेजसरी प्युठानी जनतामाझ आउन नसकेको स्वीकार गर्नुभयो । तर, समय मिल्नासाथ जनताको बिचमा आउने र यहाँको विकास निर्माण, जनताको सुख दुःखमा साथ दिएको स्मरण पनि गर्नुभयो ।

    फरक प्रशंगमा पौडेलले एमाले नेता सूर्य थापाले आफूलाई प्युठानी बुहारी भनेकोप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले आफ्नो माइती र घरसमेत प्युठान नै भएको स्पष्ट पार्दै महिलालाई होच्याउने, विभेद गर्ने जस्ता अभिव्यक्ति नदिन चेतावनी दिनुभयो ।

    ‘मलाई बाहिरबाट आएकी बुहारी र आफूलाई प्युठानको धर्तीपूत्र भनेका रैछन् । यसप्रकारका महिलालाई होच्याउने र विभेद गर्ने पूरुषवादी मानसिकता त्याग्न चेतावनी दिन्छु’ पौडेलले भन्नुभयो, ‘हेक्का रहोस् मेरो माइती चुँजाठाँटी हो, घर ओखरकोट । प्युठानसँग मेरो जन्मदेखिको भावनात्मक सम्बन्ध छ ।’

    कार्यक्रममा प्युठान प्रदेश सभा ख का उम्मेदवार रोज राणाले केपी ओलीको प्रतिगामी कदमका कारण वाम–लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको स्पष्ट पार्नुभयो । उहाँले विदेशी शक्तिहरु नेपालका प्रतिगामी शक्तिलाई उचालेर गणतन्त्र र धर्म निरपेक्षता खत्तम पार्न लागेको भन्दै उनीहरुलाई पराजित गर्न वाम–लोकतान्त्रिक गठबन्धनलाई विजयी बनाउनुपर्नेमा जोड दिनुभयो ।

    यस्तै, प्रदेश सभा क का उम्मेदवार प्रकाश अधिकारीले जनआन्दोलनका उपलब्धि जोगाउन जनताले प्रतिगामी शक्तिलाई हराउनुपर्ने बताउनुभयो ।

    चुनाव परिचालन समिति प्रदेश ख का संयोजक निमा गिरीको अध्यक्षता तथा राजमो नेता विमल पोखरेलको सञ्चालनमा अघि बढेको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश संयोजक बोमबहादुर खत्री, नेपाली कांग्रेसका नेता शुभाष केसी, माओवादी केन्द्रका नेता प्रभात र एकीकृत समाजवादीका नेता भोजविक्रम बुढाको आतिथ्यता रहेको थियो ।

    आजै प्युठानको खलंगा र ऐरावतिमा पनि संयुक्त भेला भएको अखिल (छैठौं) का महासचिव शुवास जिसीले जानकारी दिनुभयो ।

    शनिबार, असोज २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.