• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

मसालले दोहोर्‍यायो : महिला र दलित मात्रै प्रतिस्पर्धा गर्ने क्षेत्र छुट्याउँ

"राजमोको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला, ५० प्रतिशत उम्मेदवार "

  •   बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले महिला र दलित मात्रै प्रतिस्पर्धा गर्ने गरी केही निर्वाचन क्षेत्र छुट्याउनुपर्ने आवश्यकता दोहोर्याएको छ ।

    Advertisement

    प्रतिनिधि सभा र प्रदेश सभातर्फ महिलाहरुको संख्या कम हुने गरेको तर्फ ध्यानाकर्षण भएको जनाउँदै पार्टीले चुनावको सन्दर्भमा आफ्नो धारणा पुनः सार्वजनिक गरेको हो ।

    मसाल प्रवक्ता रामप्रकाश पुरीले बिहीबार विज्ञप्ति प्रकाशित गरी महिलाहरूको आफ्नै क्षमताका आधारमा चुनावमा प्रतिस्पर्धा गर्ने क्षमताको विकास हुनु पर्नेमा जोड दिनुभएको छ ।

    साथै प्रवक्ता पुरीले नेपालका राजनीतिक पार्टीहरुमध्ये राष्ट्रिय जनमोर्चाले मात्रै केन्द्रीय समितिमा ३३ प्रतिशत महिला राखेको र निर्वाचनमा ५० प्रतिशत उठाएको बताउनुभएको छ । राजमोले प्रतिनिधि सभातर्फ दुई जनाको उम्मेदवारी दिएकोमा बागलुङ १ बा अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार हुनुहुन्छ भने प्युठानबाट उपाध्यक्ष दुर्गा पौडेललाई अघि सारेको छ ।

    यस्तो छ वक्तव्य
    चुनावमा महिलाहरूको प्रतिशत सम्बन्धी विवाद अहिलेको चुनावमा प्रतिनिधि सभा र प्रदेश सभातिर महिलाहरूको प्रतिशत अत्यन्त कम भएको विषयमा निकै चर्चा परिचर्चा भइरहेको छ । महिलाहरूको प्रतिशत किन कम भयो ? त्यसबारे हाम्रो पार्टीको पनि गम्भीर ध्यान आकर्षित भएको छ ।

    नेपालमा विभिन्न राजनीतिक पार्टीहरूका केन्द्रीय समितिमा महिलाको प्रतिशत ३३ प्रतिशत भन्दा कम हुने गरेको छ । खाली राष्टिय जनमोर्चाको केन्द्रीय समितिमा मात्र महिलाहरूको प्रतिशत ३३ प्रतिशत रहेको छ । विभिन्न राजनीतिक पार्टीहरूका केन्द्रीय समितिमा महिलाहरुको प्रतिशत निर्धारित संख्या भन्दा कम हुने कुराको चर्चा गर्दा राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिमा मात्र महिलाहरूको प्रतिशत ३३ प्रतिशत भएको वास्तविकताप्रति मानिसहरूको कम ध्यान जाने गरेको छ ।

    अहिलेको चुनावमा पनि राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभामा खडा गरेका उम्मेदवारहरु मध्ये ५० प्रतिशत संख्या महिलाहरुको छ । राष्ट्रिय जनमोर्चाले बाग्लुङ्ग र प्यूठानका २ वटा संसदीय सिटहरूमा उम्मेदवारहरू खडा गरेको छ । त्यस अनुसार बाग्लुङको १ नम्बर क्षेत्रमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसी र प्यूठानमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष र केन्द्रीय प्रवक्ता का दुर्गा पौडेललाई खडा गरेको छ । त्यसरी राष्ट्रिय जनमोर्चाले खडा गरेका उम्मेदवारहरूमा महिलाहरूको संख्या ५० प्रतिशत हुन जान्छ ।

    यो कुरा पनि बारम्बार उठ्ने गरेको छ कि विभिन्न राजनीतिक पार्टीहरूले महिलाहरूलाई विजयको सम्भावना भएको क्षेत्रहरूमा कम र हार्ने सम्भावना भएका क्षेत्रहरूमा नै बढी उठाउने गर्दछन् । तर राष्ट्रिय जनमोर्चाको सन्दर्भमा त्यो कुरा सत्य होइन । प्यूठान पार्टीले बारम्बार विजय प्राप्त गर्ने गरेको बलियो क्षेत्र हो । त्यहाँ नै महिला उम्मेदवारलाई अहिले पनि खडा गरिएको छ ।

    तर कुनै क्षेत्रमा महिलाहरूलाई उम्मेदवार बनाउनु मात्र पर्याप्त हुँदैन । निर्णयात्मक महत्वको कुरा यो हो ः चुनावमा कति प्रतिशत महिलाहरूले विजय प्राप्त गर्दछन् ? त्यसैले हामीले सुरुदेखि नै यो कुरामा जोड दिने गरेका थियौँ कि महिला र दलितहरूले मात्र प्रतिस्पर्धा गर्न पाउने सुरक्षित सिटहरूको व्यवस्था गरिनु पर्दछ । त्यसो गरेमा मात्र प्रत्यक्षतर्फ उनीहरूको स्थान सुरक्षित हुनेछ ।

    महिलाहरूको प्रत्यक्ष वा समानुपातिक चुनावतर्फ आरक्षणको व्यवस्था अस्थायी व्यवस्था हो र त्यसका आधारमा महिलाहरूको सिट सँधै सुरक्षित हुँदैन । उनीहरूको आफ्नै क्षमताका आधारमा चुनावमा प्रतिस्पर्धा गर्ने क्षमताको विकास हुनु पर्दछ र त्यो नै महिलाहरूको विकासका लागि स्थायी व्यवस्था हो ।

    त्यसका लागि खाली चुनावका बेलामा मात्र होइन, अन्य सबै सामाजिक र राजनीतिक क्षेत्रहरूमा पनि महिलाहरूलाई सक्रिय पार्ने र अगाडि बढाउने प्रयत्न गर्नु पर्दछ । त्यसो भएमा नै उनीहरूको वास्तविक विकास हुन सक्नेछ र पछि उनीहरूलाई संरक्षणको आवश्यकता नै पर्ने छैन । त्यसैले हामीले महिलाहरूको सर्वाङ्गीन विकासमा नै बढी ध्यान दिनु पर्दछ।
    २०७९ असोज २७ गते ।
    रामप्रकाश पुरी
    प्रवक्ता

    बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.