• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मसालले दोहोर्‍यायो : महिला र दलित मात्रै प्रतिस्पर्धा गर्ने क्षेत्र छुट्याउँ

"राजमोको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला, ५० प्रतिशत उम्मेदवार "

  •   बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले महिला र दलित मात्रै प्रतिस्पर्धा गर्ने गरी केही निर्वाचन क्षेत्र छुट्याउनुपर्ने आवश्यकता दोहोर्याएको छ ।

    Advertisement

    प्रतिनिधि सभा र प्रदेश सभातर्फ महिलाहरुको संख्या कम हुने गरेको तर्फ ध्यानाकर्षण भएको जनाउँदै पार्टीले चुनावको सन्दर्भमा आफ्नो धारणा पुनः सार्वजनिक गरेको हो ।

    मसाल प्रवक्ता रामप्रकाश पुरीले बिहीबार विज्ञप्ति प्रकाशित गरी महिलाहरूको आफ्नै क्षमताका आधारमा चुनावमा प्रतिस्पर्धा गर्ने क्षमताको विकास हुनु पर्नेमा जोड दिनुभएको छ ।

    साथै प्रवक्ता पुरीले नेपालका राजनीतिक पार्टीहरुमध्ये राष्ट्रिय जनमोर्चाले मात्रै केन्द्रीय समितिमा ३३ प्रतिशत महिला राखेको र निर्वाचनमा ५० प्रतिशत उठाएको बताउनुभएको छ । राजमोले प्रतिनिधि सभातर्फ दुई जनाको उम्मेदवारी दिएकोमा बागलुङ १ बा अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार हुनुहुन्छ भने प्युठानबाट उपाध्यक्ष दुर्गा पौडेललाई अघि सारेको छ ।

    यस्तो छ वक्तव्य
    चुनावमा महिलाहरूको प्रतिशत सम्बन्धी विवाद अहिलेको चुनावमा प्रतिनिधि सभा र प्रदेश सभातिर महिलाहरूको प्रतिशत अत्यन्त कम भएको विषयमा निकै चर्चा परिचर्चा भइरहेको छ । महिलाहरूको प्रतिशत किन कम भयो ? त्यसबारे हाम्रो पार्टीको पनि गम्भीर ध्यान आकर्षित भएको छ ।

    नेपालमा विभिन्न राजनीतिक पार्टीहरूका केन्द्रीय समितिमा महिलाको प्रतिशत ३३ प्रतिशत भन्दा कम हुने गरेको छ । खाली राष्टिय जनमोर्चाको केन्द्रीय समितिमा मात्र महिलाहरूको प्रतिशत ३३ प्रतिशत रहेको छ । विभिन्न राजनीतिक पार्टीहरूका केन्द्रीय समितिमा महिलाहरुको प्रतिशत निर्धारित संख्या भन्दा कम हुने कुराको चर्चा गर्दा राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिमा मात्र महिलाहरूको प्रतिशत ३३ प्रतिशत भएको वास्तविकताप्रति मानिसहरूको कम ध्यान जाने गरेको छ ।

    अहिलेको चुनावमा पनि राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभामा खडा गरेका उम्मेदवारहरु मध्ये ५० प्रतिशत संख्या महिलाहरुको छ । राष्ट्रिय जनमोर्चाले बाग्लुङ्ग र प्यूठानका २ वटा संसदीय सिटहरूमा उम्मेदवारहरू खडा गरेको छ । त्यस अनुसार बाग्लुङको १ नम्बर क्षेत्रमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसी र प्यूठानमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष र केन्द्रीय प्रवक्ता का दुर्गा पौडेललाई खडा गरेको छ । त्यसरी राष्ट्रिय जनमोर्चाले खडा गरेका उम्मेदवारहरूमा महिलाहरूको संख्या ५० प्रतिशत हुन जान्छ ।

    यो कुरा पनि बारम्बार उठ्ने गरेको छ कि विभिन्न राजनीतिक पार्टीहरूले महिलाहरूलाई विजयको सम्भावना भएको क्षेत्रहरूमा कम र हार्ने सम्भावना भएका क्षेत्रहरूमा नै बढी उठाउने गर्दछन् । तर राष्ट्रिय जनमोर्चाको सन्दर्भमा त्यो कुरा सत्य होइन । प्यूठान पार्टीले बारम्बार विजय प्राप्त गर्ने गरेको बलियो क्षेत्र हो । त्यहाँ नै महिला उम्मेदवारलाई अहिले पनि खडा गरिएको छ ।

    तर कुनै क्षेत्रमा महिलाहरूलाई उम्मेदवार बनाउनु मात्र पर्याप्त हुँदैन । निर्णयात्मक महत्वको कुरा यो हो ः चुनावमा कति प्रतिशत महिलाहरूले विजय प्राप्त गर्दछन् ? त्यसैले हामीले सुरुदेखि नै यो कुरामा जोड दिने गरेका थियौँ कि महिला र दलितहरूले मात्र प्रतिस्पर्धा गर्न पाउने सुरक्षित सिटहरूको व्यवस्था गरिनु पर्दछ । त्यसो गरेमा मात्र प्रत्यक्षतर्फ उनीहरूको स्थान सुरक्षित हुनेछ ।

    महिलाहरूको प्रत्यक्ष वा समानुपातिक चुनावतर्फ आरक्षणको व्यवस्था अस्थायी व्यवस्था हो र त्यसका आधारमा महिलाहरूको सिट सँधै सुरक्षित हुँदैन । उनीहरूको आफ्नै क्षमताका आधारमा चुनावमा प्रतिस्पर्धा गर्ने क्षमताको विकास हुनु पर्दछ र त्यो नै महिलाहरूको विकासका लागि स्थायी व्यवस्था हो ।

    त्यसका लागि खाली चुनावका बेलामा मात्र होइन, अन्य सबै सामाजिक र राजनीतिक क्षेत्रहरूमा पनि महिलाहरूलाई सक्रिय पार्ने र अगाडि बढाउने प्रयत्न गर्नु पर्दछ । त्यसो भएमा नै उनीहरूको वास्तविक विकास हुन सक्नेछ र पछि उनीहरूलाई संरक्षणको आवश्यकता नै पर्ने छैन । त्यसैले हामीले महिलाहरूको सर्वाङ्गीन विकासमा नै बढी ध्यान दिनु पर्दछ।
    २०७९ असोज २७ गते ।
    रामप्रकाश पुरी
    प्रवक्ता

    बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.