• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

हाइड्रोजन ऊर्जामा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्ने मन्त्री भुसालको दावी


  •   सोमबार, असोज २४, २०७९ मा प्रकाशित
  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरित हाइड्रोजन ऊर्जाको विकासमा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्न सक्ने दावी गर्नुभएको छ ।

    Advertisement

    ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय, एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको संयुक्त आयोजनामा २०७९ असोज २४ गतेदेखि सुरु भएको नेपाल ग्रीन हाइड्रोजन समिट उद्घाटन गर्दै उहाँले नेपालमा हरित हाइड्रोजन उत्पादन र निर्यातका लागि प्रचुर सम्भावना रहेको बताउनुभयो ।

    ‘हाइड्रोजनको व्यावसायिक प्रयोग नवीनतम प्रविधि हो । यसको व्यापार सहज भइसकेको छैन । पर्याप्त जलस्रोत उपलब्ध भएकाले नेपालमा यसको सम्भावना अन्य देशको भन्दा बढी छ’ मन्त्री भुसालले भन्नुभयो– ‘हाइड्रोजन ऊर्जा उत्पादन र व्यापारमा नेपालले अग्रणी भूमिका निर्वाह गर्न सक्छ ।’

    हाइड्रोजन ऊर्जाका विषयमा विश्वले अहिले विशेष चासो र प्राथमिकतासहित अध्ययन अनुसन्धान गरिरहेको बताउँदै उहाँले विभिन्न विकसित मुलुकले यसको उत्पादन र उपयोगबारे नीति निर्माण, प्रविधिको अनुसन्धान र अन्वेषणलाई तीव्रता दिएको उल्लेख गर्नुभयो । मन्त्री भुसालले हाइड्रोजन ऊर्जाका विषयमा नेपाल छिट्टै नीति निर्माण गरी अगाडि बढ्ने जानकारी गराउनुभयो ।

    जलस्रोतलाई जलबिद्युत्मा परिणत गर्ने र जलबिद्युत्को प्रयोग गरी जलस्रोतलाई हरित हाइड्रोजनको रूपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि, पर्यावरणीय सुरक्षा, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासका दृष्टिले निकै गहन हुने उहाँको भनाइ थियो ।

    मन्त्री भुसाले ऊर्जाको स्रोतका रूपमा जलबिद्युत्लाई प्रयोग गर्ने, प्रतिव्यक्ति बिद्युत् खपत बढाउने साथै जलबिद्युत्लाई हाइड्रोजन ऊर्जा, एमोनिया र युरिया मल उत्पादनमा समेत प्रयोग गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

    सो लक्ष्य पूरा गर्नका लागि मन्त्रालयले कार्यदल गठन गरी जलबिद्युत्को प्रयोगबाट हाइड्रोजन र रासायनिक मल उत्पादनको पूर्वसम्भाव्यता अध्ययनसमेत गरिसकेको उहाँले जानकारी गराउनुभयो ।

    मन्त्री भुसाले भन्नुभयो– ‘हाइड्रोजन ऊर्जाको विकासका लागि कार्य अगाडि बढाउन मन्त्रालयको पहलमा नेपाल बिद्युत्् प्राधिकरण र कोरियोको ग्लोबल ग्रीन ग्रोथ इन्टिच्युटबिच समझदारी भइसकेको छ ।’

    उहाँले सन् २०३० भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने तथा सन् २०२६ मा मध्यम आय भएको मुलुकमा पुग्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्नका लागि सरकारले कृषि, पर्यटन, औद्योगिक क्षेत्रसहित जलबिद्युत्् आयोजनाको तिव्रतर विकासमा जोड दिएको बताउनुभयो ।

    मन्त्री भुसालले भन्नुभयो– ‘सरकार औद्योगिकीकरण, बिद्युतीय यातायात सञ्चालन, लिफ्टमार्फत खानेपानी र सिँचाइ, बिद्युतीय सामग्री प्रयोग गरी सक्षम, सबल, उन्नत राष्ट्र बनाउन कार्ययोजनासहित लागेको छ ।’

    सम्मेलन भोजि असोज २५ गतेसम्म चल्ने छ ।

    सोमबार, असोज २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.