सन्धिर्खक । राष्ट्रिय जनमोर्चाका नेताद्वय सागर केसी र गोपाल पौडेल (जीवलाल पौडेल) अर्घाखाँचीबाट प्रदेशसभाको उम्मेदवार बन्नुभएको छ ।
प्रदेशसभा १ (क) बाट राजमो केन्द्रीय सदस्य सागर केसी र १ कै (ख) बाट राजमो जिल्ला उपाध्यक्ष जीवलाल पौडेल (गोपाल) उम्मेदवार बन्नुभएको छ ।
२०७९ असोज २३ गते आइतबार सन्धिखर्कस्थित जिल्ला निर्वाचन कार्यालयमा गई उहाँहरूले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उम्मेदवारी दर्ता गराउन राजमो नेताहरू यामलाल पोख्रेल, शेरबहादुर बिसी, थम्मन केसी, कल्पना पौडेललगायतका नेताहरू जिल्ला निर्वाचन कार्यालय पुग्नुभएको थियो ।

प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार पशुपति ढकाल
यसैबिच, नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकालले पदबाट राजीनामा दिएर बने प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।

लामो समयसम्म राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल) रहेर काम गर्नुभएका ढकालले आइतबार साँझ प्रमुख निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा पुगेर अर्घाखाँची जिल्ला प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराउनुभएको हो ।