• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अक्षता


  •   शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित
  • धनवीर पुनमगर ##

    Advertisement

    वाह रे वाह अक्षता
    तिमी कतिसाह्रो विचित्र
    निधारमा टासिने पनि तिमी
    मुखमा सिताको रूपमा तिमी
    देउताको अक्षताको रूपमा
    खोलाको बगरमा पिण्डको रूपमा
    मर्दा पनि तिमी, पर्दा पनि तिमी
    वाह रे वाह अक्षता ।

    दहीसँग मुछेर खाए नुवागी,
    निधारमा टाँसे टीका
    चुटाई खाँदा खाँदा चिउरा बन्ने पनि तिमी
    कराहीमा सेलको रूपमा घुम्ने तिमी
    दुधसँगै मिष्ठान्नको रूपमा पाके खिर,
    दुधसँग छुट्टाछुट्टै पाके दुध र भात
    दालसँगै पाके खिचडी तिमी,
    दालसँग छुट्टछुट्टै पाके दाल भात
    मासुसँगै पाके बिरयानी तिमी,
    मासुसँग छुट्टाछुट्टै पाके मासु भात
    कराहीमा फ्राइड राइस
    आजकल त पुलाउ, स्टिम नानाथरि
    कनिका पनि तिमी, कनिकाबाट सोमरस
    धनीका लागि नानाथरिका परिकार
    गरिबका लागि माड बन्ने तिमी
    मर्दाको मलामी, जिउँदाको जन्त
    िसर्वाेपयोगी क्षमता भएको तिमी ।

    कैयौँ तिम्रो अभावमा मरेका छन्,
    कैयौंले सद्भाव भन्दै निधार भरेका छन्
    वाह रे वाह अक्षता ।

    कसैले लुकेर निधारमा टाँसेका छन्
    कसैलाई निचा देखाउनलाई
    कसैले गर्वका साथ निधारमा टँसाएका छन्
    कसैलाई उँचा देखाउनलाई ।
    तिमी निधारमा टाँसिनु र नटाँसिनुलाई
    नानाथरिका टिप्पणी
    तिमी पनि जातिविशेष उपयोग पो ?
    अचम्म छ
    तिमीलाई सेतो बनाई लगाउँदा एउटा,
    रातो बनाई लगाउँदा अर्को ?
    अचम्म छ
    तिम्रो उपयोगितामा पनि राजनीति ?

    बडादसैँ त धपायौँ विभिन्न परिकार बनेर,
    कसैलाई निचा, कसैलाई उचा देखाएर ।
    बडादशसैँमा निधारमा सिङ्गै टाँसिएका थियौ
    अब तिहारमा धुलो पिठो भएर निधार भरिने छौ
    त्यति मात्रै कहाँ हो र ?
    रेखी र नौधारा पनि बन्ने छौ
    फेरि तिमीलाई लिएर राजनीति हुने छ
    आदर्शवादी र प्रगतिशील छुट्याइने छ,
    बुर्जुवा र संस्कारवादी भनिने छ
    वाह रे वाह अक्षता ।

    कसैले संस्कारको रूपमा टाँसेका छन्
    कसैले मायाँ, सद्भावको रूपमा
    त कसैले आदर र सम्मानको रूपमा
    कसैले खुसियालीको रूपमा
    कसैले पुण्य कमाउन टाँस्ने
    कसैले आशिर्वाद पाउन टाँसेका छन्
    आखिर तिमी टाँसिनु र नटासिनुले
    क्रान्ति नहुने र हुने भन्ने होला र ?

    न तिमीलाई टँसाउँदैमा पाएको आशिर्वादले
    सुखी भइन्छ
    न स्वर्गको पुण्य र नर्कको श्राप पाइन्छ ।
    न तिमीलाई निधारमा टाँस्दैमा क्रान्तिको
    बाधक भइन्छ
    निधारमा त के ?
    पुरै शरीरभरि टाँसे पनि क्रान्ति रोकिँदैन,
    अक्षतारूपी क्षेप्यास्त्रले क्रान्ति रोक्न सक्दैन,
    किनकि नभएकाको विद्रोहको हुँकार हो क्रान्ति
    क्रान्ति कतै रोकिने आँधी होइन
    क्रान्ति त निरन्तर चल्ने वेग हो,
    रोक्नै नसकिने एउटा वेग हो ।

    २०७९ असोज २० गते, नयाँदिल्ली

    शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.