काठमाडौं । काठमाडौंको चन्द्रागिरि ध्यान केन्द्र पहिरोमा पुरिंदा तीन जनाको मृत्यु भएको छ ।
Advertisement
पहिरोले पुरिँदा वडा नम्बर २ मा पर्ने रेक्की ध्यान केन्द्रका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको हो ।
अहिले तीनै जनाको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।
अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो । डोजरको सहायताले प्रहरीको टोली उद्धारमा खटिएको थियो ।
