टेकराज भुसाल
सन्धिखर्क । राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीको आयोजनामा यहि असोज २३ गते अर्घाको रानीगैरामा बृहत सांस्कृतिक सभा हुने भएको छ ।
Advertisement
विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि कोजागत पूर्णिामाको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय स्तरका नेताहरूबाट सम्बोधन हुने कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय तथा जिल्ला स्तरीय कलाकारहरूबाट बेजोड साँस्कृतिक प्रस्तुति रहने पनि अध्यक्ष केसीले बताउनुभएको छ ।