• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बडादसैँसँगै पर्यटकीय क्षेत्रमा चहलपहल बढ्यो


  •   आइतबार, असोज १६, २०७९ मा प्रकाशित
  • त्रिवेणी । बडादसैँसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दसैँका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।

    Advertisement

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा दसैँ सुरु भएयता चहलपहल बढ्दै गएको छ । अन्य समयमा प्रायः सुनसानजस्ता देखिने पर्यटकीय क्षेत्रमा समेत अहिले आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।

    नवलपुरमा रहेका धार्मिकसँगै अन्य मनोरमस्थलमा पर्यटकको चाप बढेको छ । नवलपुरमा रहेका पर्यटकीय क्षेत्र त्रिवेणीधाम, मौलाकालिका, दाउन्ने, शाश्वतधाम, अकलादेवी, गङ्गेश्वरधाम, अमलटारी, कुमसोत, धौवादी, पोखरीताललगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

    जिल्लाको नारायणी तटीय क्षेत्रसहित मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी, वन्यजन्तु अवलोकनका लागि पर्यटकको आगमन बढ्न थालेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो । यहाँ रहेका चारवटा सामुदायिक वनमा एकीकृतरूपमा वन्यजन्तु अवलोकनका लागि प्रबन्ध गरिएको छ । गैँडा अवलोकनका लागि अमलटारी क्षेत्र परिचित रहेको छ ।

    वर्षाको समयमा सुनसान बनेको यस क्षेत्रमा दसैँसँगै पर्यटकको चहलपहल बढेको उहाँले बताउनुभयो । “वर्षा पनि थियो, घुमफिरको समय सुरु भएको थिएन, अब दसैँसँगै घुमफिरका लागि आउनेहरू बढ्ने सङ्केत देखिएको छ”, उहाँले भन्नुभयो, “अहिले चहलपहल बढेको छ ।”

    नवलपुरका धार्मिक पर्यटकीय क्षेत्रमा खासगरी पर्यटकको उपस्थिति बढेको छ । जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मौलाकाली, त्रिवेणीधाम, दाउन्ने, शाश्वत धाम, अकला देवी, गलेश्वरधाममा पर्यटकको बाक्लो उपस्थिति देख्न सकिन्छ ।

    धार्मिक पर्यटकीय क्षेत्रबाहेक प्राकृतिक स्थान कुमसोत, झरना खोला, धौवादी, नारायणी तटीय क्षेत्रमा समेत आन्तिरक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

    जिल्लाका पर्यटकीय क्षेत्रमा लगभग सबैजसो आन्तरिक पर्यटककै उपस्थिति हुने गरेको छ । चाडबाडमा घुम्ने संस्कृतिको विकास हुँदा आन्तरिक पर्यटनको प्रवद्र्धनमा समेत सहयोग पुग्न थालेको छ । पछिल्ला केही वर्षबाट मुख्य चाड सुरु भएपछि हुने बिदाको अवसरमा घुम्ने संस्कृति विकास हुँदै जान थालेको छ । यसले पर्यटन क्षेत्रका व्यवसायीसमेत उत्साहित बनेका छन् ।

    कावासोती–१५ मा होटल सञ्चालन गर्नुभएको जीतनारायण थनेत भन्नुभयो, “दसैँसँगै घुमफिरका लागि हिँड्नेको जमात बढ्दै छ, मानिस घुमफिर रुचाउन थालेका छन्, यसले पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै यस क्षेत्रमा लगानी गर्ने व्यवसायीसमेत उत्साहित हुन थालेका छन् ।”

    आइतबार, असोज १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.