रवि पौडेल ##
प्रतिगनले आँखा लुकाएर हेरेको छ
माक्र्सवादले त्यसका लुकेका आँखा देखेको छ
नयाँ जोगीहरू प्रतिगन छैन भन्छ
छिपेको नदेख्ने ती कस्ता क्रान्तिकारी रै’छन् ?
सन्देशमै भने राजाले
जनतालाई करेक्सन गर्न भनेर
खुलेरै लागे पश्चगामीहरू
राजतन्त्र फर्काउन भनेर
गणतन्त्र धरापमा छ
धर्म निरपेक्षता धरापमा छ
बहुदलीय व्यस्था नै धरापमा छ
तर धेरैले यो हैन र छैन मात्र भन्छन्
रातो कार्पेटमुनि छिपेको छ प्रतिगमन
विदेशबाट निर्देशित छ प्रतिगमन
ठुला नेता किनिसकिएका छन्
ठुलो धनराशि खर्च गरी चलखेल छ
बाटो कुरेर बसेको छ गोमन सर्प
बिषालु र जहरिला छन् त्यसका दाँत
१७ साल र ५९ सालमा भन्दा निकै खतरनाक हुने छ
देशीविदेशी शक्तिहरूले डस्न पठाएका छन् गोमन
दाँत मात्रै पनि गाड्यो भने पनि
निल्ने छ गणतन्त्र
बेर्ने छ धर्म निरपेक्षता र बहुदलीय व्यवस्था
सखाप पार्ने छ सबै जनताका उपलब्धिहरू
त्यसकारण
प्रतिगमन ज्युँदै छ
रातो कार्पेटमुनि बाट हेरिरहेको छ
उसका दाँत तिखा छन्
कुनै दिन उसले टोक्न सक्छ ।
(अक्टोबर १, २०२२)