काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले भोलिदेखि लागू हुनेगरी मंगलबार आचारसंहिता जारी गरेको छ ।
Advertisement
मंगलबार बसेको आयोगको बैठकले आचारसंहिताबारे निर्णय गरेको हो । प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिता पालनालाई राजनीतिक दलहरुले कडाइका साथ पालना गर्ने विश्वास लिएको बताउनुभयो ।
‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ,’ थपलियाले भन्नुभयो, ‘आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु ।’
आयोगले दलहरुलाई २३ असोजमा उम्मेदवारको मनोनयन गर्ने कार्यसूची छ । २ र ३ असोजमा दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् ।
यस्तो छ आचारसंहिता