• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

सशस्त्र द्वन्द्वका घाइते भन्छन् : व्यवस्था फेरियो तर हाम्रो अवस्था फेरिएन


  •   मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
  • फाइल फोटो

    Advertisement

    दैलेख । व्यवस्था परिवर्तनका लागि भन्दै तत्कालीन माओवादीले २०५२ सालामा सुरु गरेको जनयुद्धमा होमिदा गोली लागेर शरिर छियाँ छियाँ हुनुभएका दैलेखको नारायण नगरपालिका–६ का ओमप्रसाद रेग्मीले व्यवस्था फेरिए पनि हामीजस्ता हजारौ पीडितहरुले उपचार नपाउँदा अबस्था दिन दिनै जटिल बन्दै गएको बताउनुभयो ।

    नेताहरूको जीवन शैली फेरियो, केही बाठा कार्यकर्ताहरूको अवस्था फेरियो तर वास्तविक द्वन्द्वपीडितहरूको अवस्था भने फेरिएको छैन ।

    सङ्क्रमणकालिन न्यायको अवस्था, सार्वजनिक नीति र सरोकारवालाहरूको भूमिका विषयमा द्धन्द्धपीडित महिला सञ्जाल दैलेखले बडादसैको अबसरमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

    रेग्मीले शान्ति प्रक्रिया पछि मुलुकमा पटक–पटक सरकार परिवर्तन भए पनि दश वर्षे जनयुद्धमा घाइते, बेपत्ता, हत्या भएकाप्रति चासो नदेखाएको गुनासो गर्नुभयो । ‘शान्ति प्रक्रियापछि मुलुकले धेरै सरकार पायो तर तत्कालीन द्वन्द्वका कारण घाइतेकोे उपचार र बेपत्ताको खोजीमा कुनै सरकारले पनि खासै चासो देखाएनन्’,उहाँले भन्नुभयो ।

    अन्य सहभागी वक्ताहरुले द्वन्द्वपीडितका विषयमा सबै राजनीतिक दलको बराबरी जिम्मेवारी भएकाले आस्थाका आधारमा भेदभाव गर्न नहुने सुझाव दिए । व्यवस्था परिवर्तनका लागि शहीद, बेपत्ता र घाइते भएकामा राज्यले अहिलेसम्म सम्मान, सुविधा र पहिचान नदिएर अपमान गरेको बताए । सँगै पढेका साथीका छोराछोरी कोही डाक्टर, कोही इञ्जिनीयर, कोही शिक्षक छन्, युद्धमा होमिएका कारण द्वन्द्वपीडितका सन्तानले राम्रो शिक्षा पाउन सकेनन् ।

    सरकारले पढ्न चाहानेलाई उच्च शिक्षा र निःशुल्क स्वास्थ्य व्यवस्था गर्नुपर्ने उनीहरुको सुझाव थियो ।

    द्वन्द्वपीडित महिला सञ्जालका जिल्लाअध्यक्ष रत्न रेग्मीले द्वन्द्वपीडितका समस्यामा सरकारले चासो देखाउन नसक्दा पीडितभन्दा पनि नाम मात्रका पीडितले सरकारबाट सुविधा पाएको बताउनुभयो ।

    अहिले पनि द्वन्द्वका घाउ आलै छन्, पीडितका परिवारले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । उहाँले दश वर्षे जनयुद्धको जगमा जनताका थुप्रै अधिकार स्थापित भएका भए पनि व्यवस्था परिवर्तनका लागि ज्यानको आहुति दिएका परिवारले भने न्याय पाउन नसकेको गुनासो गर्नुभयो । द्वन्द्वपीडित महिला सञ्जालकी केन्द्रीय उपाध्यक्ष गीता रसाइलीले तत्कालीन द्वन्द्वपीडितलाई राज्यले सम्मान गर्न नसकेको र द्वन्द्वमा महिला तथा बालबालिका धेरै पीडित भएको बताउँदै सङ्घीयतापछि बनेका स्थानीय सरकारले पीडितका समस्या समाधान गर्न चासो नदेखाएको बताउनुभयो ।

    अन्य सहभागीले द्वन्द्वकालमा राज्यका पक्षबाट पीडित भएकाको आर्थिक, सामाजिक र राजनीतिक सुरक्षामा स्थानीय सरकार जवाफदेही हुनुुपर्ने बताएका थिए । जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रप्रताप सुवेदीले सङ्घीय सरकारले कानुन बनाएर सङ्क्रमणकालीन न्यायलाई समाधान गर्नुपर्नेमा जोड दिनुभयोे ।

    उहाँले जिल्ला अस्पतालबाट द्वन्द्वपीडित परिवारका बालबालिकालाई निःशुल्क औषधि उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नेकपा एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेश सदस्य जङ्गबहादुर शाहीले द्वन्द्वव्यवस्थापनका लागि राज्यले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

    नेपाली कांग्रेसका प्रतिनिधि कृष्ण कोइरालाले द्वन्द्वराजनीतिक सहमतिका आधारमा निरुपण गरिनुपर्ने बताउँदै हिजो र आजको परिवेश फरक भएकोले अब सबै खाले द्वन्द्वपीडितको नाममा टाठाबाँठाले रजाइँ गर्न नहुने बताउनुभयो । नेकपा एमालेकी प्रतिनिधि सीता सिंहले द्वन्द्वपीडितका समस्यालाई साझा समस्याका रूपमा लिनुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस

    मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.