बुटवल । राष्ट्रिय जनमोर्चाका समर्थ पूर्णकला रायमाझीप्रति राजमो कञ्चन गाउँपालिका, रुपन्देहीले श्रद्धाञ्जली अर्पण गरेको छ ।
Advertisement
कञ्चन गाउँपालिका–३ की पूर्णकलाको ७७ वर्षको उमेरमा यही असोज ६ गते निधन भएको थियो ।
उहाँको परिवार बागलुङ जिल्लाको छिस्ती–बाट बसाई सराई गरेर हाल रुपन्देहीको कञ्चन गाउँपालिमा आएको हो ।
पूर्णकलाको परिवार नै पुरै राष्ट्रिय जनमोर्चा समर्थक छन् । उहाँका छोरा पदम रायमाझी राजमो बाग्लुङ नगर समितिका सदस्य हुनुहुन्छ भने अर्का छोरा यम बहादुर अखिल नेपाल युवक संघ रुपन्देही जिल्ला सदस्य हुनुहुन्छ ।
यस्तै, बुहारी मिना अखिल नेपाल महिला संघ कञ्चन गाउँपालिकाको सचिव हुनुहुन्छ । पूर्णकलाका ६ छोरा, ६ बुहारी, ८ नाति, ११ नातिनी, ६ पलातिनी र २ पलाती छन् ।