• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति


  •   शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
  • काठमाडौँ । यही असोज १ गते सुदूरपश्चिमको अछामका विभिन्न क्षेत्रमा पहाडको माथिल्लो भागबाट पहिरो खस्यो । ती ठाउँका पहिरामा पुरिएर २२ जनाको मृत्यु भयो ।

    Advertisement

    उक्त घटना, यो वर्र्षकै ठूलो मानवीय क्षति भएको विपद्जन्य घटना हो । भारी वर्षापछि जिल्लाको तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिका र ढकारी गाउँपालिकाकाको बस्तीमा खसेको पहिराले सो क्षति पुर्‍याएको थियो ।

    उदयपुरको बेलका नगरपालिकाबाट कोसी नदीले धार परिर्वतन गरी बस्तीमा पस्दा हजारौँ घर डुबानमा पार्‍यो । मानवीय क्षति भएन । दार्चुलामा महाकाली नदीले ठूलै विपत्ति निम्त्यायो । जिल्ला सदरमुकामनै प्रभावित भयो । खोटाङमा भूकम्पले सयौँ घरमा क्षति पुर्‍यायो । काठमाडौँ कपनमा अक्सिजन सिलिण्डर विष्फोटपछिको आगलागीमा तीन जनाको निधन र धेरै सम्पत्ति क्षति भयो । अन्य जिल्लामा केही मानवीय र भौतिक क्षति हुने गरी विपद्का घटना भए ।

    मुलुकका धेरै ठाउँमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएपनि तथ्याङ्कमा गत वर्षभन्दा यसपाली विपद्जन्य घटना र मानवीय क्षति न्यून देखियो ।

    अघिल्लो वर्ष विपद्जन्य घटनामा चार सय ९० को मृत्यु भयो । यस वर्ष एक हजार सात सय ९१ विपद्जन्य घटनामा दुई सय २२ जनाले ज्यान गुमाए ।

    अझै १३ बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती घटनामा पाँच सय २७ घाइते भए । दुई हजार तीन सय २७ परिवार प्रभावित भए । ती घटनामा अहिलेसम्म एक अर्बको क्षति भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ ।
    यसपालीको घटनामध्ये चट्याङबाट बढी मानवीय क्षति भयो ।

    चट्याङले ७२ र पहिराले ५५ को ज्यान गयो । आगलागीबाट २६, जनावरको आक्रमणबाट २१ तथा बाढीबाट १५ को मृत्यु भयो । भारी वर्षा, हुरीबतास, वन डढेलोलगायतबाट मानवीय क्षति भयो । बढी घटना र बढी भौतिक क्षति आगलागीबाट भएको छ । हालसम्म मुलुकमा आठ सय ६१ आगलागीका घटना भएकोमा त्यसबाट रु ८२ करोड ७१ लाख क्षति पुगेको छ । बाढीबाट धेरै (११ जना ) बेपत्ता भए ।

    यसपाली मुलकुभर बाढीका दुई सय ३९ घटना भएकोमा त्यसबाट ५५ को मृत्यु, एक बेपत्ता, ४६ घाइते र दुई सय २९ घर प्रभावित भए । पहिराले रु आठ करोड ५५ लाख क्षति भयो ।
    चट्याङका दुई सय १९ घटनामा ७२ को निधन, एक सय ९५ घाइते, तीन सय ३३ परिवार प्रभावित र ३५ लाखको क्षति भएको जनाइएको छ ।

    त्यस्तै आठ सय ६१ आगलागीका घटना भएकोमा त्यसमा २६ को मृत्यु, एक सय ३३ घाइते, नौ सय ८४ घर प्रभावित र रु ८२ करोड ७१ लाखको क्षति भएको छ ।

    हुरीबतास र भारी वर्षाका दुई सय १५ घटना भएकोमा १४ को मृत्यु, ४५ घाइते, चारसय परिवार प्रभावित र रु पाँच करोड २५ लाखभन्दा बढीको क्षति भएको छ ।

    एक सय ८७ वन डढेलो र जनावरको आक्रमणका घटनामा २२ को मृत्यु, ८५ घाइते, दुई सय ३१ परिवार प्रभावित र रु एक करोड ६२ लाखको क्षति भएको छ ।

    विसं २०७७ मा बाढीबाट ४२ र पहिराबाट तीन सय एकसहित विभिन्न घट्नामा पाँच सय ९१ को मृत्यु भयो । बाढीबाट ३७ र पहिराबाट ६४ सहित एक सय एक बेपत्ता भए । यस वर्षको बडादसैँमा काठमाडौँका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो ।

    कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन प्रयास गरिएको जानकारी दिनुभयो ।

    कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो रु एक हजार एक सय ५० मा खरिद गर्न लागेको जानकारी दिएको छ । कम्पनीको उक्त प्रयासले बजारमूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ ।

    यसैबीच, स्थानीय पालिका जनप्रतिनिनिबाट माग र अनुरोध भएपछि कम्पनीले दार्चुलाको व्याँस गाउँपालिको छाङरु र तिङ्करका लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ ।

    कम्पनीले चामल, दाल, पीठो, नून, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट दसँैअघि नै उक्त क्षेत्रमा उपलब्ध गराउने तयारी गरेको छ ।
    ती सामग्री ढुवानीका लागि हेलिकप्टर भाडामा लिन टेन्डर प्रक्रिया अघि बढिसकेको कम्पनीले जानकारी दिएको छ ।

    शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.