• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

राष्ट्रपति कदमको तरंग : सत्ता गठबन्धनको विरोध, राजमोको अडान कायमै


  •   बुधबार, असोज ०५, २०७९ मा प्रकाशित
  • काठमाडौं । संसदले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राजनीति तरंगित बनेको छ ।

    Advertisement

    राष्ट्रपतिको कदमप्रति कतिपय राजनीतिक दल, संससंस्था तथा व्यक्तिले समर्थन जनाएका छन् भने कतिपयले विरोध गर्दै राष्ट्रपतिको राजीनामा माग गरेका छन् ।

    सत्तारुढ चार दलले राष्ट्रपतिको कदमप्रति विरोध गर्दै त्यसबारे वक्तव्य जारी गर्ने तयारी गरेका छन् ।

    आज बिहानैदेखि बालुवाटारमा बसेको गठबन्धन बैठकमा राष्ट्रपतिका कदमबारे छलफल भइरहेको बताइएको छ ।

    पाँचदलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाले भने वक्तव्यमा हस्ताक्षर नगर्ने स्पष्ट पारेको छ । नागरिकता विधेयकबारे पार्टीको अडान कायमै रहेको र पाँचदलीय बैठकमा पनि विधेयकविरुद्ध स्पष्ट अडान राखिएको बैठकमा सहभागी राजमो सचिव हिमलाल पुरीले युगदर्शनलाई बताउनुभयो ।

    ‘राष्ट्रपतिको कदमविरुद्ध चार दलले विज्ञप्ति प्रकाशित गर्ने तयारी गरेका छन् । तर, हामीले नागरिकता विधेयकमा हाम्रो अडान स्पष्ट राखेका छौँ । हाम्रो अडान कायमै छ’ पुरीले भन्नुभयो, ‘विज्ञप्तिमा हामी हस्ताक्षर गर्दैनौँ ।’

    उहाँले नागरिकता विधेयक गलत भएपनि राष्ट्रपतिको कदमबाट प्रतिगामी चलखेल हुनसक्नेतर्फ भने राजमो गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

    ‘हामीले प्रतिगमनको खतरा बढेर गएको छ भनिरहेका छौँ । राष्ट्रपतिको कदमले त्यसलाई मलजल गर्न सक्छ’ पुरीले भन्नुभयो, ‘त्यसप्रति राष्ट्रिय जनमोर्चा सचेत छ ।’

    संविधानसभाबाट नयाँ संविधान बनेदेखि नै नागरिकताका गलत प्रावधानविरुद्ध संघर्ष गर्दै आएको राजमोले संसदमा पेश भएको नागरिकता विधेयकविरुद्ध सडक र सदनमा विरोध गरेको थियो ।

    राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी संसदमा फिर्ता पठाइदिएपछि राजमोले त्यसको स्वागत गरेको थियो । तर, सँगसँगै राष्ट्रपतिको कदमबाट प्रतिगमामीहरुको चलखेल बढ्नसक्नेतर्फ पनि राजमोले ध्यानाकर्षण गराएको थियो ।

    राष्ट्रपतिको कदमलाई पार्टीले गम्भीरतापूर्वक लिएको र तत्काल छलफल गरेर एउटा निष्कर्षमा पुग्ने नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले बताउनुभयो । उहाँले नागरिकता विधेयक गलत भएकोमा राष्ट्रपतिले संसदमा फिर्ता पठाउनु स्वागतयोग्य भएको उल्लेख गर्दै अब प्रमाणीकरण नगरेपछि उत्पन्न परिस्थितिमा पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

    यता, प्रमुख प्रतिपक्षी दल एमालेले भने राष्ट्रपतिको कदमप्रति कुने टिप्पणी नगर्ने बताएको छ । एमाले उपमहासचिव विष्णु रिमालले नागरिकता विधेयकबारे राष्ट्रपतिको कदमबारे आफूहरूले कुनै टिप्पणी नगर्ने बताउनुभयो ।

    संसदको दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पारित गर्न अस्वीकार गर्नुभएको थियो । संवैधानिक प्रावधानअनुसार राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।

    • संसद्ले दुईपटक पारित गरेको नागरिकता विद्येयक फेरि पनि प्रमाणीकरण भएन
    • नागरिकता विधेयकमा संसदले बेइमानी गर्यो, राष्ट्रपतिको हस्तक्षेप स्वागतयोग्य : डा. आचार्य

    बुधबार, असोज ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.