बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–१ का १९ वर्षीय दीपक विक १९ दिनदेखि बेपत्ता हुनुभएको छ । गत भदौ १६ गते घरबाट निस्किनुभएका उहाँ अहिलेसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउनुभएको छैन ।
Advertisement
परिवारको सम्पर्कमा नआएपछि विकका बुबा दुर्गाबहादुरले भदौ १७ गते खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिनुभएको थियो ।
प्रहरीले उहाँको खोजतलास जारी राखिको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो । विकको खोजतलासमा ढिलाइ भएको गुनासो गरेको छ ।रासस