• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘अहिलेको राजावादी चलखेल १७ र ५९ सालभन्दा खतरनाक, ओली मतियार’


  •   मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
  • बसन्त खड्का अर्घाखाँची ।
    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले एमाले राजावादी शक्तिसँग मिलेर व्यवस्था खतम पार्न लागिपरेको आरोप लगाउनु भएको छ ।

    Advertisement

    प्रगतिशील पत्रकार संघले आज अर्घाखाँचीमा गरेको पत्रकार सम्मेलनमा सिंहले कुन पार्टीको सरकार बन्छ भन्ने कुरा गौण रहेको र आफूहरुको मुख्य उदेश्य प्रतिगमन पराजित गर्नु रहेको स्पष्ट पार्नुभयो ।

    देश प्रतिगमनको खतरामा रहेको भन्दै महामन्त्री सिंहले कथम कदाचित प्रतिमागीहरु विजय भए भने व्यवस्थामाथि नै आक्रमण हुने चिन्ता व्यक्त गर्नुभयो । देशमा गणतन्त्र स्थापना भएदेखि नै राजावादी शक्तिहरुको चलखेल बढ्दै गएको तर त्यो चलखेल ओलीको सहयोगमा अहिले झन् सक्रिय भएको भन्दै सिंहले २०१७ र ५९ सालको भन्दा खतरा अहिले भएको बताउनुभयो ।

    ‘उतिबेला राजा एक्लै प्रतिगमन गर्थे भने अहिले देशी विदेशी सबै एकजुट भएर प्रतिगमन गर्न उद्दत हुँदै छन् । त्यसको नेतृत्व एमालेले गरिरहेको छ’ सिंहले भन्नुभयो ।

    सिंहले नेकपा एमाले र ओली धर्म निरपेक्षताको बाटो छोडेर हिन्दु राष्ट्र र राजतन्त्रको बाटोमा लागेको आरोप पनि लगाउनु भयो ।

    गठबन्धनको औचित्य प्रस्ट पार्दै सिंहले जबजब देशमा प्रतिगमन हुन्छ तब सबै मिलेर प्रतिगमन परास्त गरेको नेपालको इतिहास भएको भन्दै अहिले त्यही अनुरुप एकजुट हुन परेको बताउनु भयो । पाँचदलीय गठबन्धन समाप्त गर्न देशी विदेशी शक्तिसहित एमाले लागिपरेको पनि उहाँको भनाई छ ।

    स्थानीय चुनावमा गठबन्धनको तालमेल नीति पूर्ण सफल हुन नसकेको तर अहिले त्यो अवस्था आउन दिन नहुने उहाँले बताउनुभयो । गठबन्धन बिच सिट भागबण्डा मिल्न नसक्नुमा हैसियत भन्दा बढी माग दाबी भएको उहाँको भनाइ छ । तर राष्ट्रिय जनामोर्चाले यथार्थ धरातलमा रहेर सिट माग गरेको सिंहको भनाइ थियो ।

    कुनै कारणबश तालमेल भत्किएमा एमालेको पोल्टामा सत्ता गएमा त्यो देश र जनताको लागि खतरा हुने र देश बर्वादीतर्फ धकेलिने पनि सिंहको दावी रहेको थियो ।

    पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै नेता सिंहले एमसीसी र नागरिकता विधेयकको आफूहरुले विरोध गरेको स्पष्ट पार्नुभयो । आफूहरुले संसदमा मात्र नभएर संसद बाहिर पनि सशक्त रुपमा विरोध जनाएको स्मरण गराउनुभयो । नागरिकता विधेयक र एमसीसीको विषयमा एमालेको भित्रैदेखि समर्थन रहेको तर बाहिर जनमत बटुल्न मौन भएको आरोप पनि सिंहले लगाउनुभयो ।

    परिवारवादको आरोपबारे सिंहले कति पटक चुनाव उठ्ने र संसद भवन जानेभन्ने बारेमा संसारमा कहिँ नियम नभएको स्पष्ट पार्दै पार्टीको नीति नियम र कार्यकर्ताले पार्टीमा गरेको योगदानमा भर पर्ने उहाँले बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिन सिंह अर्घाखाँची आउनुभएको हो । उहाँले असोज ३ र ४ गते कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

    मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.