काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । सोमबार साँझ मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेका हुन् ।
Advertisement
गोली लागेर एक जना घाइते भएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराका अनुसार घाइते हुनेमा सर्लाही गोडैता नगरपालिका २ मुस्लिम टोलका लाल मोहम्मल दर्जी रहेका छन् ।
उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली चलेको हो ।
मधेशी मूलका देखिने दुई जनाले गोली प्रहार गरेर फरार भएका हुन् । अहिले प्रहरीले गोली प्रहारमा संलग्नको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।