अछाम । अछाममा अविरल वर्षापछि पहिरो जाँदा नौ जनाको ज्यान गएको छ । मृत्यु भएका मध्ये पाँच जना एकै परिवारका छन् ।
Advertisement
जिल्लाको कमल बजार नगरपालिका–८ र ६ मा गरेर ९ जनाको मृत्यु भएको भएको हो । कमल बजार नगरपालिका–८ ढुगांलामा छिउरे दमार्इसहित उनको ५ जनाको परिवार पहिरोमा सखाप भएको छ ।
यस्तै, कमल बजार नगरपालिका–६ मा ४ जनाको मृत्यु भएको छ भने अझै ४ जना घरमा पुरिएको आशंका गरिएको छ । पहिरोमा परेर घाइते भएका ४ जनालाई उद्धार गरेर उपचारका लागि मंगलसेन लगिएको छ।
अछामको कमल बजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोले ठूलो क्षति पुर्याएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताउनुभयो ।