• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

भूमिहीनलाई जमिन दिलाउन सम्झौताहीन भूमिका आवश्यक : केसी

"भूमि आयोगका प्रतिनिधिको प्रशिक्षण सम्पन्न "

  •   बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भूमिहीनलाई जमिन दिलाउन अखिल नेपाल किसान महासङ्घ (अप्फा) को तर्फबाट भूमि आयोगमा रहनुभएका प्रतिनिधिले सम्झौताहीन भूमिका खेल्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    Advertisement

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) को आयोजनामा २०७९ भदौ २९ गते रुपन्देहीको बुटवलस्थित राजमो लुम्बिनीको कार्यालय भवनमा सम्पन्न उक्त कार्यक्रममा प्रशिक्षण दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    अध्यक्ष केसीले भूमिहीन नेपाली जनताको जमिन प्राप्तिसम्बन्धी आधारभूत समस्या नयाँ जनवादी क्रान्तिपछि मात्रै समाधान हुने भए पनि त्यसअघि पनि त्यसलाई प्राप्त गर्न प्रयास गरिरहनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘तपाईंहरूलाई थाहै छ, भूमिहीन नेपालीका आधारभूत समस्या नयाँ जनवादी क्रान्तिपछि मात्रै समाधान हुने छन्’ उहाँले अगाडि भन्नुभयो– ‘तर त्यसभन्दा अगाडि पनि भूमिहीनलाई जमिन दिलाउन तपाईंहरूले सम्झौताहीन भूमिका खेल्नुपर्दछ ।’

    संविधानले नै भूमिहीनलाई जमिन दिने अवधारणा राखेकाले एकपटकका लागि भूमि दिलाउन किसान महासङ्घका प्रतिनिधिको उल्लेखनीय भूमिका हुनुपर्नेमा उहाँको जोड थियो ।

    ‘जमिन भन्दाबित्तिकै र्याल काढ्नेहरू हाम्रो देशमा जति पनि छन् तर ती सबैलाई जमिन दिन सकिन्न । हाम्रो जोड वास्तविक भूमिहीनलाई जमिन दिलाउनेतर्फ हुनुपर्दछ’ उहाँको भनाइ थियो ।

    देशको समसामयिक परिस्थितिबारे धारणा राख्दै उहाँले ओलीको नेतृत्वमा नेकपा (एमाले) ले गणतन्त्र र धर्म निरपेक्षता समाप्त गर्न खोजेकाले त्यसका विरुद्ध पाँचदलीय सहकार्य अहिले पनि आवश्यक रहेको बताउनुभयो ।

    ‘ओलीले गणतन्त्र र धर्म निरपेक्षता समाप्त गरेर राजतन्त्र र हिन्दु राष्ट्र बनाउन चाहन्छन्’ उहाँले भन्नुभयो– ‘त्यही भएर हामी पाँच दल मिलेर गत जनआन्दोलन र संविधानमा लेखिएको राजनीतिक उपलब्धिको रक्षा गर्न चुनावी तालमेल गरेका हौँ ।’

    अध्यक्ष केसीले पाँच दल आपसमै लडेर चुनावी तालमेल नहुने हो भने प्रतिगामी शक्तिहरूको बोलबाला हुने भन्दै अगाडि भन्नुभयो– ‘यदि पाँच दल एक्लाएक्लै लडे भने ओली बहुमत आउने छन् । उनी बहुमतमा आए भने संविधान संशोधन गरे देशमा गणतन्त्रको सट्टा राजतन्त्र र धर्म निरपेक्षताको सट्टा हिन्दु राष्ट्र कायम गर्ने छन् ।’

    उहाँले देशका सामु जनआन्दोलनका उपलब्धि गुम्न थालेकाले त्यसका विरुद्ध सङ्घर्ष गर्न तयार रहन अपिल गर्नुभयो ।

    संसद्मा जस्तै उदाहरणीय बनौँ : सिंह
    कार्यक्रममा प्रशिक्षण दिँदै नेकपा (मसाल) काम महामन्त्री मोहनविक्रम सिंहले संसद्मा राष्ट्रिय जनमोर्चाले उदाहरणीय भूमिका खेले जस्तै किसान महासङ्घका प्रतिनिधिहरूले पनि काम गर्न आह्वान गर्नुभयो ।

    ‘राष्ट्रिय जनमोर्चाका सांसदहरूले संसदमा निष्कलङ्क प्रकारले राम्रो उदाहरणीय भूमिका प्रस्तुत गरेका छन्’ उहाँले अगाडि भन्नुभयो– ‘हामी आशा गर्दछौँ, किसान महासङ्घका प्रतिनिधिहरूले पनि भूमि आयोगमा त्यस्तै उदाहरणीय काम गर्नुहुने छ ।’

    उहाँले यही व्यवस्थाभित्र पनि जुन मात्रामा भूमिहीनलाई जमिन दिलाउन सम्भव हुन्छ, त्यस्तो गर्नु सही काम हुने धारणा पनि व्यक्त गर्नुभयो ।

    ‘यही व्यवस्थाभित्र पनि भूमि आयोगको तर्फबाट वास्तविक भूमिहीनलाई जमिन दिलाउन सकिन्छ भने त्यो असाध्यै राम्रो काम हो’ उहाँको भनाइ थियो ।

    महामन्त्री सिंहले भूमिहीनलाई जमिन दिलाउन भूमि आयोगभित्रका किसान महासङ्घका प्रतिनिधिले सक्रियतापूर्वक र सम्झौताहीन प्रकार काम गर्नुपर्ने बताउनुभयो ।

    किसान महासङ्घ (अप्फा) का अध्यक्ष तथा राष्ट्रिय भूमि आयोगका केन्द्रीय सदस्य भैरवराज रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सर्वप्रथम आयोगका जिल्ला अध्यक्ष, विज्ञ सदस्य तथा सदस्यहरूबाट आआफ्नो जिल्लाको कार्यप्रगति रिपोर्ट प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा तात्कालिक राजनैतिक अवस्था, संयुक्तमोर्चा र कार्यगत एकता, भूमि आयोगको काम, कर्तव्य र अधिकारलगायतका विषयमा प्रशिक्षण दिइएको भयो ।

    कार्यक्रमको सञ्चालन राष्ट्रिय भूमि आयोग रुपन्देहीका विज्ञ सदस्य बद्रे आलमले गर्नुभएको थियो ।

    बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.