• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मसालको लेनिन शताब्दी स्मृतिदिवस, नेकपा स्थापनाको हीरक जयन्ती र नवौँ महाधिवेशन सँगसँगै


  •   मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले लेनिनको शताब्दी स्मृतिदिवस, नेकपा स्थापनाको हीरक जयन्ती र नवौँ महाधिवेशनसहितका तीनओटा अभियान सँगसँगै सञ्चालन गर्ने भएको छ । त्यसका लागि महामन्त्री मोहनविक्रम सिंहको नेतृत्वमा पार्टी प्रवक्ता रामप्रकाश पुरीसहितको पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ भदौ २१ गते सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो । सो विज्ञप्ति भदौ १४ देखि १८ गतेसम्म सम्पन्न केन्द्रीय समिति र पोलिटब्युरो बैठकका निर्णयबारे जानकारी दिन सार्वजनिक गरिएको उल्लेख छ ।

    प्रेसविज्ञप्तिमा देशमा अहिले पनि प्रतिगमनको खतरा गम्भीर रूपमा विद्यमान रहेकाले त्यसको सामना गर्नका लागि पाँचदलीय चुनावी तालमेल आवश्यक रहेको बताइएको छ ।

    आगामी मङ्सिर ४ गतेको चुनावसित सम्बन्धित रहेको उक्त बैठक अन्य चार दलसित सम्मानजनक र न्यायपूर्ण तालमेल नभए राष्ट्रिय जनमोर्चा एक्लै चुनाव लड्ने विज्ञप्तिमा उल्लेख छ । हालसम्म घोषणा गरिएका राजमोका दुईओटा उम्मेदवार र अब घोषणा हुने अन्य उम्मेदवारलाई विजयी गराउन पार्टीबाट सहयोग हुने प्रतिबद्धता पनि विज्ञप्तिमा उल्लेख छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
    “नेकपा (मसाल) को केन्द्रीय समितिको बैठक २०७९ भदौ १४ देखि १८ सम्म बसेको थियो । त्यसको लगत्तै दुई दिनसम्म पार्टी पोलिटब्युरोको पनि बैठक बसेको थियो । ती निर्णयबारे जानकारी दिनका लागि यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।

    १. बैठक मुख्य रूपले आगामी २०७९ मङ्सिर ४ गते घोषणा गरिएको प्रतिनिधि सभा र प्रदेशसभाको चुनावसम्बन्धी नीति र कार्यक्रमबारे विचार गर्न नै बसेको थियो । उक्त विषयमा बैठकले कैयौँ महŒवपूर्ण निर्णयहरू गरेको छ ।

    २. हाम्रो पार्टीको अहिले पनि यो स्पष्ट र दृढ विश्वास छ कि अहिले देशमा प्रतिगमनको गम्भीर खतरा छ । यदि त्यो खतरा रोक्न सकिएन भने जनताको महान् आन्दोलनद्वारा प्राप्त गणतन्त्र, धर्म निरपेक्षतासमेत महान् उपलब्धिहरू समाप्त हुने छन् र देश प्रतिगमन तथा अधिनायकवादतिर जाने खतरा हुने छ । त्यो खतरा रोक्न पाँचदलीय चुनावी तालमेल हुनु अहिलेको आवश्यकता हो । त्यस प्रकारको राजनीतिक तालमेल हुन नसकेमा देश निश्चित रूपले प्रतिगमन र अधिनायकवादतिर जाने छ ।

    ३. प्रतिगमनलाई रोक्नका लागि पाँचदलीय चुनावी तालमेल अहिलेको राष्ट्रिय आवश्यकता भए पनि सबै सम्बन्धित दलहरूले त्यो प्रश्नमा इमान्दार र दृढ भएको पाइँदैन । राष्ट्रिय जनमोर्चाले पाँच दलका बिचमा भएका सबै सहमति वा प्रतिबद्धतालाई इमानदारितापूर्वक पालना गर्ने गरेको छ । अन्य चारओटा दलहरूले भने त्यसबारे ढुलमूल र अवसरवादी नीति अपनाउने गरेका कैयौँ उदाहरण छन् । स्थानीय चुनावमा उनीहरूका त्यस खालका प्रवृत्तिहरू देखा पर्ने गरेका थिए र आगामी चुनावमा पनि त्यस प्रकारको प्रवृत्तिहरू पुनः प्रकट हुने सम्भावनालाई पूरै अस्वीकार गर्न सकिन्न । यदि त्यसो भयो भने त्यसबाट प्रतिगमनलाई नै मदत पुग्ने छ । त्यसैले हामीले सम्बन्धित सबै पक्षसित पाँचदलीय चुनावी तालमेललाई इमानदारिता र दृढतापूर्वक कार्यान्वयन गर्नका लागि अनुरोध गर्दछौँ ।

    ४. राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाका लागि कतिपय उम्मेदवारको नाम सार्वजनिक गरेको छ । त्यो निर्णयलाई हामीले स्वागत गर्दछौँ । हामीले ती उम्मेदवारलाई जिताउनका लागि पूरा सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्दछौँ । राजमोले सार्वजनिक गरेको विज्ञप्तिअनुसार बागलुङको क्षेत्र नं. १ बाट राजमो अध्यक्ष चित्रबहादुर केसी र प्युठानमा राजमोकी उपाध्यक्ष, प्रवक्ता तथा बहालवाला प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको छ । राजमोले अन्य उम्मेदवारहरू पनि क्रमशः सार्वजनिक गर्दै जाने बताएको छ । हाम्रो पार्टीले उहाँहरू दुवैलाई पूरा समर्थन गर्दछ र राजमोका अन्य घोषित उम्मेदवारहरूलाई पनि समर्थन गर्ने हाम्रो नीति हुने छ ।

    ५. राजमोले अन्य चार दलसित तालमेल गरेर नै उम्मेदवार उठाउने निर्णय गरेको छ तर कतिपय दलहरूले सम्मानजनक र न्यायपूर्ण प्रकारले त्यसरी तालमेल गर्न तयार नभएमा हामीले एक्लै चुनाव लड्ने र अन्य राजनीतिक दलहरूसित मैत्रिपूर्ण प्रतिष्पर्धा गर्ने नीति पनि अपनाउन सक्ने छौँ ।

    ६. केन्द्रीय समितिले तीनओटा अभियानलाई साथसाथै सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसअनुसार लेनिनको शताब्दी स्मृतिदिवस, पार्टीस्थापनाको ७५ वर्षको उपलक्ष्यमा हीरक जयन्ती र पार्टीको नवौँ महाधिवेशन । यी तीनओटा अभियानलाई साथसाथै सञ्चालन गरिने छ । उक्त अभियानको विस्तृत कार्यक्रम तयार पार्न पार्टीका महामन्त्री क. मोहनविक्रम सिंह, पार्टीका प्रवक्ता क. रामप्रकाश पुरी, क. विश्वास, क. सुरज र क. विजयसमेत पाँच जनाको कार्यदल बनाएको छ ।

    ७. प्रतिनिधि सभा र प्रदेश सभाका आगामी चुनावको तयारीका लागि अहिलेदेखि नै ध्यान दिनका लागि पार्टीका सबै सििमति, सदस्य, समर्थक, मोर्चा र जनवर्गीय सङ्गठन तथा आम जनतासित पनि अपिल गर्दछौँ ।”

    मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.