काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाँडेलाई नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेकी छिन्।
Advertisement

शीतल निवासमा सोमबार अपरान्ह आयोजित एक बिशेष समारोहमा राष्ट्रपति भण्डारीले पाँडेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरेकी हुन्।

पाँडे आइतबार अपरान्ह काठमाडौं आइपुगेका हुन्। सेना प्रमुख पाण्डेले सोमबार (२० भदौ) बिहान सैनिक मञ्च टुँडिखेल पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

नेपाली समकक्षी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँडे काठमाडौ आएका हुन्। पाँडे भदौ २३ गते स्वेदश फर्कनेछन् ।