काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज पाँडे काठमाडौं आइपुगेका छन् । पाँडेलाई आइतबार अपरान्ह नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
Advertisement
नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गर्न भारतीय सेनाध्यक्ष यहाँ आएका हुन् । भोलि (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रधानसेनापति पाँडेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।
नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाँडेलाई राष्ट्रपति भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
भ्रमणका क्रममा भारतीय प्रधानसेनापतिले प्रधानमन्त्री शेरबहादुर देउवा, समकक्षी प्रभुराम शर्मालगायतसँग भेटवार्ता गर्नेछन् ।