काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् ।
त्यसमध्ये राष्ट्रिय जनमोर्चा गिलास चुनाव चिह्नका साथ ३५ नम्बमा कायम भएको छ ।
निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकोमा अन्तिममा ६८ दल कायम भएका हुन् ।
आयोगले ती दलको दर्ता नं., नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ । सो विवरणमा दर्ताको आधारमा जनमत पार्टीको हर्न चिह्न पहिलो नम्बरमा रहेको छ ।
त्यस्तै, नेपाली काङ्ग्रेसको रुख १५ नम्बरमा, नेकपा (एमाले) को सूर्य २८ नम्बरमा, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको हँसिया–हथौडा ६० नम्बरमा रहेको छ ।
एवम् प्रकारले, ६८ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्न दर्ता भएको छ ।
हेर्नुहोस् सम्पूर्ण विवरण :