• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

दसैँमा मुस्ताङका भेडाबाख्रा रोजी–रोजी किने झैँ अरबमा नेपाली चेलीहरू बेचिन्छन् : केसी


  •   बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलालहरुले भिजिट भिसामा नेपाली चेलीलाई अरबमा लगेर बेच्ने गरेको बताउनुभएको छ ।

    Advertisement

    बिहीबार माइती नेपालले काठमाडौंको होटल एभरेस्टमा आयोजना गरेको ‘मानव बेचविखन विरुद्ध राजनैतिक दलको प्रतिबद्धता’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष केसीले राज्यले खाडी मुलुकमा महिलालाई जान रोक लगाए पनि दलालले भारतको बाटो महिलालाई खाडी पुर्याइरहेको बताउनुभयो ।

    उहाँले भिजिट भिसामा महिलााई भारत–श्रीलंका हुँदै दुबई पुर्याएर बेच्ने गरेको भन्दै मानव ओसार पसारमा कडाइ गर्नुर्ने बताउनुभयो ।

    ‘जहाँ कानुन छ, सुरक्षा निकाय छ, राजनीतिक दल छन्, तर त्यहाँ नेपाली चेलीहरु अझ बेचिएका छन् । दलालहरुले आजभोलि भिजिट भिसामा भनेर पठाइ रहेका छन्’ केसीले भन्नुभयो, ‘राज्यले खाडी मुलुकमा नेपाली महिलाहरूलाई जानबाट रोक लगाएको छ, यो काम राम्रो हो। तर एयरपोर्ट बाट होइन, इन्डियाबाट श्रीलंका हुँदै दुबई जाने गरेका छन् । जसरी मुस्ताङका भेडा दसैं तिहारमा रोजेर मन पराएर लान पाइन्छ । नेपाली छोरी बेटीहरु अरबका मुलुकहरुमा त्यसरी नै बेचिन्छन् ।’

    अध्यक्ष केसीले भारतलगायतका तेस्रो मुलुकबाट पार्टी निकट नेपाली एकता समाजले कैयौँ महिलाको उद्धार गरेको स्मरण गर्नुभयो । सामाजिक संगठनले महिला बेचविखनविरुद्ध पहल गरेपनि राज्य उदासिन रहेको केसीको आरोप थियो ।

    ‘प्रवासमा रहेका हाम्रा संगठनका साथीहरुले इन्डियाका बेस्यालयमा बेचिएका कैयौं नेपाली चेलीहरुको उद्धार गरेर नेपाल ल्याएर जिम्मा लगाएका छौँ’ केसीले भन्नुभयो, ‘तर यस विषयमा राज्य गम्भीर छैन । महिला होस् वा पुरुष बेचविखन होस्, यस्तो विषयमा राज्य नै गम्भीर छैन ।’

    उहाँले अहिले पनि सञ्चारमाध्यममा आएअनुसार भिजिट भिसामा ५३ हजार नेपाली महिला तेस्रो मुलुक गएको बताउनुभयो । गरिबी, बेरोजगारी जस्ता समस्याका कारण विदेशिएका नेपाली चेलीहरुको अत्यन्त दयनीय अवस्था रहेको केसीले बताउनुभयो ।

    ‘राज्यले कानुन बनाएको छ तर कडाइ गरेको छैन । दलालहरुले भिजिट भिसाको नाम जोडेर बेचबिखन गरिरहेका छन्’ केसीले भन्नुभयो, ‘कति ठूलो संख्यामा पुरुष र महिलाहरु गइरहेका छन् । त्यसकारणले यो क्षत्रमा अत्यन्त अप्ठ्यारो छ । यो विषयमा कुनै एउटा व्यक्तिले होइन समग्र राजनीतिक पार्टीले कार्यक्रममा घोषणा पत्रमा समावेश गरिनु पर्छ र पार्टी हरुले यसखालको गलत कार्यका विरुद्धमा सरकारको खबरदारी गर्नु पर्छ ।’  उहाँले महिलाहरुलाई सचेत बनाउन जनचेतना जगाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    विभिन्न दलका नेताहरुले महिला बेचविखनविरुद्ध प्रतिबद्धता व्यक्त गरेको सो कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो ।

    बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.