काठमाडौं । राष्ट्रिय सभाले छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाएको नागरिकता विधेयकमाथि आज (भदौ १३ गते) छलफल हुने भएको छ ।
Advertisement
छलफलका लागि समितिले गृहमन्त्री बालकृष्ण खाँण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई बोलाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक राष्ट्रिय सभाले छलफलका लागि विधायन समितिमा पठाएलगत्तै समितिको बैठक बोलाइएको हो ।
आइतबार बसेको राष्ट्रियसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा पठाउने प्रस्ताव गरेका थिए।
नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भइसकेको छ।