काठमाडौँ । अखिल (छैठौं) कर्णाली प्रदेशको भेला २०७९ भदौ ११ गते सम्पन्न भएको छ । केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीको प्रमुख आतिथ्यमा सो भेला सम्पन्न भएको हो ।
भेलाले महेश शर्माको अध्यक्षतामा १३ सदस्यीय अखिल (छैठौं) को प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पुष्पराज शाही, सचिवमा लेनिन रेग्मी, कोषाध्यक्षमा झरना राना तथा सदस्यमा जीवन शर्मा, ज्ञानेन्द्रप्रकाश पुरी, दुर्गा सिंह, खेमराज बिसी बुढा, हिमाल परियार, निर्मला तिवारी, तबिटा ठाडा, मीना शाही र पुष्पा पौडेल चयन हुनुभएको छ ।
भेलाको उद्घाटन युनियनका केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले ब्यानर पढेर गर्नुभएको थियो । भेलालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा र राजमो सुर्खेतका जिल्ला अध्यक्ष गोविन्दप्रसाद सुवेदीले सफलताको शुभकामना दिनुभएको थियो ।
त्यस्तै, निर्वाचित प्रदेश समितिलाई राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासी, राजमो कर्णाली प्रदेश सचिव पूर्णबहादुर शाही, अखिल नेपाल
महिला सङ्घ केन्द्रीय सदस्य कृष्णकुमारी रावल, जातीय समता समाजका केन्द्रीय सल्लाहकार लालबहदुर नेपालीले बधाई दिनुभएको थियो ।
भेलाको अध्यक्षता लेनिन रेग्मीले, स्वागत मन्तव्य जीवन शर्माले र सञ्चालन महेश शर्माले गर्नुभएको थियो ।
