संगिन श्रीस ##
अँध्यारोमा जब पुग्दा म,
उज्यालो बोकी आउनुभयो ।
विकट समयमा पुग्दा म,
खुसीको किरण छर्नुभयो ।।
Advertisement
पछि फर्किने बाटो आउँदा,
बाटोलाई सफा बनाउनुभयो ।
काँडैकाँडाको बाटोमा पनि,
सशक्त बन्न सिकाउनुभयो ।।
अत्यास कहिल्यै दिनुभएन मलाई,
अधिकार बोकी हिड्न सिकाउनुभयो ।
प्रगति गनै सक्ने सामथ्र्यवान,
चम्किनयोग्य बनाउनुभयो ।।
मनको विशेष ठाउँमा बसी,
मलाई साथ–सहयोग दिनुभयो ।
कठिन परिस्थितिलाई पनि,
हाँसेर जित्न सिकाउनुभयो ।।
परिश्रम गर्ने क्षमता प्रदान गरी,
उत्साहपूर्ण प्रेरणा प्रदान गर्नुभयो ।
मुस्कान राखी अनुहारमा सधैँ,
दुःखको सामना गर्न सिकाउनुभयो ।।
आज बुबाको मुख हेर्ने दिनमा,
हृदयमा खुसीको गरी स्थापना ।
सधैँ खुसियाली अुनहारमा,
हजुरलाई यस दिनको शुभकामना ।।